मुस्ताङबाट तिहारका लागि एक हजार ३८५ च्याङ्ग्रा र २०६ भेडा बेँसी झारिए
Read the full story at Bizmandu
काठमाडौं । तिहारका लागि मुस्ताङबाट एक हजार ५९१ भेडाच्याङ्ग्रा बेँसी झारिएका छन्। ती भेडाच्याङ्ग्रा तिहारका लागि बिक्री गर्न उपल्लो मुस्ताङ र डोल्पाबाट बेँसीतर्फ झारिएको हो।
मुस्ताङस्थित कृषि तथा पशु विकास कार्यालयका अनुसार बुधबार बिहानसम्म डोल्पाबाट मुस्ताङ झारिएका र उपल्लो मुस्ताङबाट जोमसोम झारिएका भेडाच्याङ्ग्रा व्यापारीहरुले खरिद गरी बेँसी झारिएको हो। कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा लालमणि अर्यालका अनुसार तिहार पर्वलाई लक्षित गरी व्यापारीले मुस्ताङबाट च्याङ्ग्रा एक हजार ३८५ र भेडा २०६ वटा बेँसी झारेका हुन्। मुस्ताङका च्याङ्ग्रा पालक तथा व्यापारीहरुबाट च्याङ्ग्रा एक हजार १५० र भेडा १३६ तिहारका लागि बेँसी झारिएको हो।
यसैगरी उपल्लो डोल्पाबाट मुस्ताङ ल्याईएका च्याङ्ग्रा २३५ र भेडा ७० वटा गरी ३०३ भेडाच्याङ्ग्रा मुस्ताङबाट बेँसी झरेको कृषि तथा पशु विकास प्रमुख डा अर्यालले जानकारी दिए। तिहारका लागि उपल्लो मुस्ताङ र डोल्पाबाट जोमसोम झारिएका भेडाच्याङ्ग्रा काठमाडौं, पोखरा, बागलुङ र म्याग्दीबाट आएका व्यापारीले खरिद गरी बिक्रीका लागि बजार झारेको कृषि तथा पशु विकास प्रमुख डा अर्यालले बताए। मुस्ताङ र डोल्पाबाट जोमसोम झारिएका भेडाच्याङ्ग्रा एक जिल्लाबाट अर्को जिल्लामा लैजान सम्बन्धित पशु चिकित्सकबाट निरोगिता भएको पुष्टि हुनुपर्छ।
More society
- Kathmandu Film Festival puts Nepali cinema’s past, present and future in focusKathmandu Post
- Who is Manoj KC, the officer now leading Nepal Police?Kathmandu Post
- Removed police chief seeks legal adviceKathmandu Post
- Oli questions motive behind appointment of new police chiefOnlinekhabar English
- Watch: Assam police shoot dead Guwahati hotel shooting accused after alleged escape attemptThe Hindu
- The university that taught us to question must learn to be questionedThe Hindu