Skip to main content
अर्थतन्त्रThaha Khabar

बाँसका सामग्री बनाउने पेसामा सबै समुदायको आकर्षण

Read the full story at Thaha Khabar

बाँसका सामग्री बनाउने पेसामा सबै समुदायको आकर्षण

धनुषा : तराई–मधेसमा परम्परागत रूपमा डोम समुदायसँग जोडिएको बाँसका सामग्री बनाउने पेसामा पछिल्लो समय अन्य समुदायका मानिससमेत आकर्षित हुन थालेका छन्। घरमै बसेर सीप र श्रमको उपयोग गरी आम्दानी गर्न सकिने भएपछि धनुषाको धनौजी गाउँपालिका–३ स्थित कटैयागाउँका विभित्र जातजाति र समुदायका मानिस यस पेसामा आबद्ध भएका हुन्। तराई–मधेसका गाउँबस्तीमा बाँसबाट बनेका ढक्की, डालो, नाङ्लो, सुप्पालगायत सामग्रीको प्रयोग परापूर्वकालदेखि हुँदै आएको छ। घरायसी कामकाजदेखि धार्मिक तथा सांस्कृतिक गतिविधिसम्म प्रयोग हुने यस्ता सामग्री विशेषगरी छठ, विवाह र व्रतबन्धजस्ता पर्व तथा संस्कारमा आवश्यक मानिन्छन्।

परम्परागत रूपमा यी सामग्री बनाउने काम डोम समुदायको पेसाका रूपमा परिचित छ। पुस्तौँदेखि बाँसको चोया निकालेर विभित्र सामग्री बुन्दै आएको डोम समुदायको जीविकोपार्जनको प्रमुख आधार पनि यही पेसा हो। तर, पछिल्लो समय यो सीप कुनै एउटा जाति वा समुदायमा मात्र सीमित नरही अन्य समुदायमा पनि विस्तार हुँदै गएको छ। धनौजी गाउँपालिका–३ को कटैयागाउँमा मुखिया, मण्डल, यादव, चमार, मुस्लिम र साहलगायत समुदायका मानिस बाँसका सामग्री बनाउने काममा संलग्न छन्।

स्थानीय निर्धन मुखियाका अनुसार गाउँका करिब दुई सय जना यस पेसामा आबद्ध छन्। गाउँमा रहेका डेढ सय घरपरिवारमध्ये अधिकांशका सदस्य कुनै न कुनै रूपमा बाँसका सामग्री उत्पादनमा संलग्न रहेको उनले बताए।