नेपाल कुन दिशामा छ? राजनीतिक क्रान्तिको निरन्तरता, परनिर्भर अर्थतन्त्र र राज्य पुनर्निर्माणको चुनौती
Read the full story at Bizmandu
राजनीतिक व्यवस्था पटक–पटक फेरियो, सत्ता सञ्चालन गर्ने अनुहार पनि फेरिए। तर राज्यको स्रोत र शक्तिमा कसको पहुँच छ, अर्थतन्त्र कसको श्रम र उपभोगमा टिकेको छ, अनि आम नागरिकले परिवर्तनको लाभ कति पाए भन्ने प्रश्न उस्तै छन्। युवा विद्रोह र नयाँ जनादेशपछि नेपाल फेरि ऐतिहासिक मोडमा छ, के यसपटक राजनीतिक परिवर्तन आर्थिक र संस्थागत रूपान्तरणमा बदलिन सक्ला?
नेपालको समकालीन राजनीतिक सकटलाई बुझन् सरकार परिवर्तनका समाचार, नेताहरुका अभिव्यक्ति र चुनावी परिणामभन्दा धेरै गहिराइमा पुग्न आवश्यक छ। सतहमा देखिने राजनीतिक अस्थिरताभन्दा तल राज्य निर्माणको ऐतिहासिक प्रक्रिया, आर्थिक शक्तिको असमान वितरण, उत्पादनको कमजोर आधार, सांस्कृतिक वर्चस्व, बाह्य निर्भरता र लोकतान्त्रिक संस्थाहरुको अपूर्ण विकास एकअर्कासँग गाँसिएका छन् । यी संरचनाबीचको सम्बन्ध नबुझी राजनीतिक परिवर्तनको वास्तविक अर्थ पहिचान गर्न सकिँदैन।
नेपालमा शासन व्यवस्थाहरु पटक-पटक परिवर्तन भएका छन्। एक शताब्दीभन्दा कम अवधिमा देशले वंशानुगत राणाशासन, राजतन्त्र, पञ्चायती निरङ्कुशता, बहुदलीय प्रजातन्त्र, सशस्त्र विद्रोह, लोकतान्त्रिक जनआन्दोलन, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता अनुभव गरेको छ। हरेक परिवर्तनले नागरिक अधिकार, राजनीतिक प्रतिनिधित्व र सामाजिक चेतनामा महत्त्वपूर्ण योगदान गरेको छ।
More business
- आर्थिक विकासका लागि नेपालसँग अब मात्रै २ दशक समय छNepal Khabar
- राशिफल २४ कात्तिक : कर्कटको अनावश्यक ठाउँमा लगानी, कन्याको सेवाभाव बढ्ने, तपाईँको के?Nepal Khabar
- ८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते बुकर पुरस्कारOnlinekhabar (Nepali)
- Nvidia shares slide as board probes CEO over affair with alleged Chinese spyFrance 24
- बाँसका सामग्री बनाउने पेसामा सबै समुदायको आकर्षणThaha Khabar
- Outcry as J&K Bank implements reservation policy pushed by ex-chairman and VHP trustee R.K. ChhibberThe Hindu