डलर स्थिर रहँदा युरो र पाउण्ड कमजोर, अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढ्यो
Read the full story at Bizmandu
काठमाडौं। अमेरिकी डलर स्थिर रहँदा युरोपियन युरो र पाउण्ड स्टर्लिङको मूल्यमा गिरावट छ। विश्वबजारमा सुनचाँदीको कारोबार मूल्य भने बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार सोमबार १ अमेरिकी डलरको खरिद दर १४९ रुपैयाँ ९६ पैसा र बिक्री दर १५० रुपैयाँ ५६ पैसामा स्थिर रहेको हो। गत शनिबार कायम यो मूल्य अघिल्लो दिनका तुलनामा घटेर कायम भएको थियो।
गत शुक्रबार अमेरिकी डलरको खरिद दर १५० रुपैयाँ ८७ पैसा र बिक्री दर १५१ रुपैयाँ ४७ पैसा थियो। बजारमा ५७.७९ डलर बढेर सुनको कारोबार मूल्य प्रति औंस ४१२४.६७ डलर पुगेको छ। १.३३ डलरले बलियो हुँदै चाँदी पनि बढेर प्रति औंस ५३.३१ डलर पुगेको छ। नेपाली बजारमा सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८३ हजार रुपैयाँ छ। गत शुक्रबार कायम यो मूल्य अघिल्लो दिनका तुलनामा ५ हजार ९ सय रुपैयाँ घटेको हो।
तिहारको सार्वजनिक बिदा चलिरहेकाले नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ मूल्य सार्वजनिक गरेको छैन। अहिलेको बजारमा डलरको भाउमा घटबढ मात्रै सुनको मूल्य निर्धारण गर्ने कारक छैन। अमेरिकी ब्याजदरको अपेक्षा, भूराजनीतिक अनिश्चितता, सरकारी ऋणप्रतिको चिन्ता र केन्द्रीय बैंकको सुन खरिदले पनि मूल्यलाई प्रभावित गरिरहेका छन्। पछिल्लो समय यी कारणले डलर बलियो रहँदासमेत सुनको मूल्यमा उतारचढाव देखिएको छ। सोमबार युरोपियन युरोको खरिद दर १६७ रुपैयाँ १२ पैसा र बिक्री दर १६७ रुपैयाँ ७८ पैसा भएको छ।
More business
- Nepal launches TikTok campaign to promote tourism to global audiencesKathmandu Post
- Nepal’s share market weathers political jittersKathmandu Post
- बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार २७ वर्षीया युवतीको मृत्युNepal Khabar
- लक्ष्मीपूजाको साँझ २ बिजुली पसलमा भीषण आगलागी, कम्तीमा ३ करोडको क्षतिNepal Khabar
- जबर्जस्ती करणी कसुरमा १३ वर्ष कैद र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउNepal Khabar
- Why McDonald's, KFC And Nestle Are Avoiding Price Hikes Despite InflationNDTV