कांग्रेस समयक्रममा एकजुट हुन्छ, गालीगलौज नगर्नुस् : चन्द्र भण्डारी
Read the full story at Onlinekhabar (Nepali)

२१ कात्तिक, बुटवल । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले अहिले विभाजित नेपाली कांग्रेस समयक्रममा एकजुट हुने बताएका छन् । उनले भविष्यमा दुई पार्टी एक हुने भएकाले अहिले एकअर्काविरुद्ध नराम्रो टिप्पणी र गालीगलौज नगर्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।
पार्टी सभापति गगन थापालाई विद्यार्थी जीवनदेखि नै नजिकबाट चिनेको बताउँदै भण्डारीले उनी कहिल्यै गलत नभएकोले पार्टीलाई एकजुट बनाउने दाबी गरे । उनले नेपाली कांग्रेस लामो इतिहास बोकेको र विभिन्न पुस्ता मिलेर अघि बढेको लोकतान्त्रिक पार्टी भएकाले बजार हल्लाको पछि नलागी संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गरे । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–२ ले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) काठमाडौं महानगरपालिकाको मेयर हुँदा तत्कालीन सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएका कारण अहिलेको अवस्था सिर्जना भएको दाबी गरे ।
आफूले बालेनले चाहेको प्रमुख प्रशासकीय अधिकृत पठाउन तत्कालीन प्रधानमन्त्री, मुख्यसचिव तथा विभिन्न दलका नेताहरूलाई आग्रह गरे पनि सुनुवाइ नभएको उनले बताए । त्यसकै परिणामस्वरूप जेनजी विद्रोहको अवस्था आएको उनको भनाइ थियो । ‘हामीले विगतबाट सिकेर अहिले मेहनत गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘सामाजिक सञ्जालमा भ्युज बढाएर मात्रै सरकार चल्दैन, जनताका काम गर्नुपर्छ ।
More politics
- कोप-३१ का लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री टर्की प्रस्थानNepal Khabar
- सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदनNepal Khabar
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar
- अस्ट्रेलियाका प्रधानमन्त्रीले ढाकाटोपी लगाएर सम्बोधन गरे ‘नेपाल फेस्टिभल’Nepal Khabar
- अब इतिहासको कुरा मात्र गरेर हुँदैन: प्रकाशमान सिंहNepal Khabar
- एनपीएलमा डेविड वार्नरको अर्धशतकNepal Khabar