Skip to main content
अर्थतन्त्रBizmandu

यात्रुवाहक सवारीको विद्युतीकरणमा फोर्स मोटर्सको प्रवेश, अर्को वर्ष इलेक्ट्रिक ट्राभलर आउने

Read the full story at Bizmandu

भारतीय सवारी उत्पादक कम्पनी फोर्स मोटर्सले आफ्नो लोकप्रिय कमर्सियल भ्यान प्लेटफर्म ट्राभलरमा आधारित विद्युतीय गाडी (इभी) आगामी वर्षको जनवरी–मार्च अवधिमा बजारमा ल्याउने तयारी गरेको छ। कम्पनीका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले यस्तो जानकारी दिएका हुन्। ट्राभलर प्लेटफर्ममा विद्युतीय संस्करण ल्याउने योजनाले यात्रुवाहक तथा व्यावसायिक सवारीको विद्युतीकरणमा फोर्स मोटर्सको उपस्थिति विस्तार गर्ने अपेक्षा गरिएको छ। कम्पनीले हालै ट्राभलरको नयाँ एन सिरिज बजारमा ल्याएको छ।

अब यही प्लेटफर्मलाई विद्युतीय प्रविधिमा रूपान्तरण गरेर बजार विस्तार गर्ने तयारी गरेको हो। फोर्स मोटर्सका प्रबन्ध निर्देशक प्रसन्न फिरोदियाले यसअघि नै कम्पनीले विद्युतीय सवारीको विकासमा लगानी बढाउने र ट्राभलरका विभिन्न संस्करणलाई क्रमशः विद्युतीकरण गर्ने योजना सार्वजनिक गरेका थिए। कम्पनीले ट्राभलरपछि अर्बानिया प्लेटफर्ममा पनि विद्युतीय संस्करण ल्याउने तयारी गरिरहेको छ। कम्पनीले सन् २०२४ मै विद्युतीकरणका लागि २०० देखि ३०० करोड भारतीय रुपैयाँ लगानी गर्ने योजना सार्वजनिक गरेको थियो।

त्यतिबेला फिरोदियाले ट्राभलर इलेक्ट्रिकलाई कम्पनीको पहिलो विद्युतीय उत्पादनका रूपमा अघि सार्ने बताएका थिए। कम्पनीले ट्राभलरका विभिन्न संस्करणलाई क्रमशः विद्युतीकरण गर्ने रणनीति लिएको छ।