पुतलीबजारका कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
Read the full story at Onlinekhabar (Nepali)

२१ कात्तिक, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले करिब सात हजार कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार, कृषकलाई जनकदेव र खुमल सेतो जातको आलुको बीउ वितरण गरिएको छ । जसमध्ये ८० हजार ५० किलो जनकदेव र २५ हजार ३५० किलो खुमल सेतो जातको बीउ रहेको छ । कृषकलाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले विगतदेखि नै अनुदानमा बीउ वितरण गर्दै आएको सुवेदीले बताए ।
यसपटक वितरण गरिएको बीउ गल्याङ नगरपालिकास्थित भगवती कृषक समूहबाट खरिद गरिएको हो । दुवै जातको बीउ प्रतिकिलो ५९ रुपैयाँका दरले खरिद गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले कुल ६२ लाख १८ हजार ६०० रुपैयाँ खर्च गरेर बीउ खरिद गरेको हो । उक्त बीउ कृषकलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ । वडा नम्बर ११ मा आठ हजार ६५ किलो, वडा नम्बर १२ मा तीन हजार ६२० किलो, वडा नम्बर १३ मा नौ हजार ३२२ किलो र वडा नम्बर १४ मा १२ हजार ३०० किलो बीउ वितरण गरिएको छ ।
पालिका कार्यालयमार्फत थप ६०४ किलो बीउको मागसमेत पूरा गरिएको छ । कृषकलाई अनुदानमा आलुको बीउ हस्तान्तरण गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले उत्पादनमा सक्रिय कृषकलाई सहयोग गर्न नगरपालिका तयार रहेको बताए । काम गरेर उत्पादन गर्ने कृषकलाई प्रोत्साहन र सहयोग गर्ने नीति नगरपालिकाले लिएको उनको भनाइ छ ।
More business
- तिहारको किनमेलले बजारमा उल्लास (तस्बिरहरू)Nepal Khabar
- Nepse retreats as profit-taking slows post-Dashain rallyKathmandu Post
- कर्णालीबासीलाई फकाउँदै प्रचण्ड, भन्छन्: योगदानको राज्यले उचित मूल्याङ्कन गरेनNagarik News
- How a bank collapse in Paraguay brought down the country’s President | ExplainedThe Hindu
- Yemen: 30 dead in strikes on Taiz marketFrance 24
- Jim Carrey finds buyer for his $35 million Maui oceanfront estate after weeks on marketTimes of India