Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

Read the full story at Onlinekhabar (Nepali)

छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

प्रहरीका अनुसार सुनसरीको इनरूवा नगरपालिका-८ खोरिया टोलस्थित बाटोको नालामा पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी मोरङको केराबारी गाउँपालिका-२ फाइवा बस्ने ३१ वर्षीया पार्वती लिम्बु सोही ठाउँस्थित बारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी सिन्धुलीको मरिण गाउँपालिका-२ मुङ्ग्रे दोभान बस्ने ६५ वर्षीय मानबहादुर माझी सोही ठाउँस्थित मरिण खोलाको किनारमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी तनहुँकझ व्यास नगरपालिका-१० दुम्सीकोट बस्ने ६७ वर्षीय मिनबहादुर थापा सोही ठाउँस्थित बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।