१० बजे १० समाचार : भीमफेदी दुर्घटनामा १४ जनाले ज्यान गुमाए, खैरो हेरोइनको कारोबार शैली फेरियो
Read the full story at Ratopati

आज २०८३ कात्तिक २६ गते बिहीबार। आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ : भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी गाडी दुर्घटना स्थलबाट थप ३ शव फेला परेको छ । घटनास्थलमा थप ३ शव फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत चितवनको माडी र भरतपुर महानगरपालिकालाई जोड्ने नयाँ सडक खण्ड निर्माणको प्रक्रिया अघि बढेको छ। अमेरिकी सेमिकन्डक्टर कम्पनी ‘एनभिडिया’का प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङसँग जोडिएको जासुसी विवादपछि अमेरिकाले चीनमाथि प्रविधि प्रतिबन्ध थप कडा बनाउन सक्ने आशंका चुलिएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर–४ घर भएका ३४ वर्षीय कृष्ण यादव सप्तरीमै हार्डवेयर चलाउँथे ।
हार्डवेयर चलाउँदा चलाउँदै उनी खैरो हेरोइनको ओसारपसार गर्न लागेपछि त्यसबाट निस्कनै सकेनन् । पिसाब तथा दिसा नियन्त्रण गर्न नसक्नेदेखि लिएर दीर्घकालीन शारीरिक दुखाइ र मानसिक आघातजस्ता स्वास्थ्य समस्यासँग बच्चा जन्माएको वर्षौँपछि पनि लाखौँ महिला निरन्तर संघर्ष गरिरहेका छन् । राष्ट्रिय मुद्दामा सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारीमा रहेका विपक्षी दलहरूले अहिलेसम्म ठोस र साझा योजना सार्वजनिक गरेका छैनन् ।
More politics
- सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखराNepal Khabar
- एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेटNepal Khabar
- भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, पाँच जना एकै परिवारकाNepal Khabar
- बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइतेNepal Khabar
- बालेनको भारत भ्रमणमा पञ्चेश्वरबारे छलफल हुने भारतीय मन्त्रीको दाबीNepal Khabar
- भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठनNepal Khabar