Skip to main content
राजनीतिNagarik News

यसकारण राजीवलाई प्रधानमन्त्री बन्नबाट रोक्न चाहन्थिन् सोनिया

Read the full story at Nagarik News

यसकारण राजीवलाई प्रधानमन्त्री बन्नबाट रोक्न चाहन्थिन् सोनिया

भारतको प्रमुख विपक्षी दल कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीले आफ्ना पति राजीव गान्धी प्रधानमन्त्री बनेको आफूले चाहना नराखेको खुलासा गरेकी छन्। परिवारमा भएको राजनीतिक हिंसा र हत्याका घटनाले आफूलाई सधैं त्रसित बनाएको उनले आफ्नो संस्मरणमा उल्लेख गरेकी छन्। सोनियाको ‘बिलङ्गिङ : अ जर्नी अफ लभ’ शीर्षकको पुस्तक मंगलबार सार्वजनिक भएको हो। पुस्तकमा उनले राजीवसँगको प्रेम, पारिवारिक जीवन, राजनीतिक जिम्मेवारी र जीवनका कठिन अनुभव समेटेकी छन्। सन् १९४६ मा इटालीको क्याथोलिक परिवारमा जन्मिएकी सोनियाले सन् १९६५ मा बेलायतको क्याम्ब्रिजमा अध्ययनरत राजीवलाई भेटेकी थिइन्।

उनीहरूबिचको प्रेम विवाहमा परिणत भयो। सन् १९६८ मा विवाह गरेपछि उनी भारत आएकी थिइन्। राजीवकी आमा इन्दिरा गान्धी भारतको प्रधानमन्त्री थिइन्। सन् १९८४ मा इन्दिराको हत्या भएपछि परिवारमा सुरक्षालाई लिएर त्रास बढेको थियो। सोनियाका अनुसार त्यसपछि उनीहरूलाई सधैं राजीवको पनि हत्या हुन सक्ने डर थियो।

उनीहरू सँगै हुँदा एक जनालाई केही भए अर्को पनि सुरक्षित नरहने सोचले सताउने गरेको उनले उल्लेख गरेकी छन्। सोनियाले राजीवलाई राजनीतिमा प्रवेश गर्नबाट रोक्न पनि आफूले निकै प्रयास गरेको बताएकी छन्। परिवारले भोगेको हिंसाका कारण उनी राजीवको राजनीतिक यात्रालाई लिएर चिन्तित थिइन्।