काम पाएको छैन, बुढाबुढी नै रोगी छौं– घरखर्च कसरी चलाउने?
Read the full story at Setopati

(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने लोकतन्त्रमा महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँका आममान्छेसँग कुरा गरेको छ। जेनजी आन्दोलनपछि सरकारको कामबारे, राजनीतिक दल र नेताहरूबारे उनीहरूको धारणा बुझ्ने प्रयास गरेको छ। त्यस्तै राज्यको सेवा प्रवाह र राजनीतिक परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेको प्रभावलाई उनीहरूले कसरी अनुभूत गरिरहेका छन् भन्ने पनि सोधेको छ – सम्पादकीय नोट) पूर्णबहादुर रसाइली बुटवल हाटबजारभित्रको एउटा सानो चिया पसलमा भेटिए। ६५ वर्षीय पूर्णबहादुर हातमा औषधिको पोको लिएर चिया पिइरहेका थिए। घरमा श्रीमती (नैना कुमारी रसाइली), छोरा, बुहारी, नाति–नातिनी छन्। छोरा अटो चलाउँछन्। छोरीको बिहे भइसक्यो।
म घर बनाउने लेबर/मिस्त्रीको काम गर्छु। एक महिना भयो, काम केही पाइएको छैन। अहिले घर खर्च चलाउन धेरै दुःख छ। छोरा अलग्गै बसेको छ। हामी बुढाबुढी अलग्गै बस्छौं। बुढाबुढीका लागि म आफैले खर्च जुटाउने गरेको छु। बुढी पनि बिरामी छिन्। छोराले अटो चलाए पनि आफ्नै परिवार हेर्नुपर्यो। बुढाबुढीले खानुपर्यो, पाहुना आउँछन्।
औषधिमुलो गर्नुपर्यो। महिनामा २०/२५ हजार रूपैयाँ चाहिन्छ। अहिलेसम्म दुःखले चलेको छ। चिन्ता त धेरै छ। श्रीमती बिरामी हुन्छिन्। मेरो पनि हातखुट्टा दुख्छन्। खुट्टामा घाउ निस्किएको छ।
More health
- Who is Qiulae Wong? New Zealand's potential kingmaker after cliffhanger electionTimes of India
- १० लाख हिताधिकारीको भरोसा बन्दै सैनिक कल्याणकारी कोष, शिक्षा र स्वास्थ्यदेखि रोजगारीसम्म सुविधाNagarik News
- 3 Bodies Found At Gunman's House Who Killed 6 In Poland's KrakowNDTV
- 'Child with cancer' stopped trick-or-treaters: What neighbourhood children did next left a mother overwhelmedTimes of India
- In China’s fierce race for success, mental health struggles are starting earlierSouth China Morning Post
- Ebola: Why is there still no vaccine?DW