प्रहरीको धरपकडविरुद्ध सञ्चारकर्मी सडकमा
Read the full story at Himal Khabar

२०८३ कात्तिक १३ गते शुक्रबार साँझ सादा पोशाकका प्रहरी सञ्चारगृहमा पसेर पत्रकारहरूलाई पक्राउ गरे। शनिबार बिहान झमझम परिरहेको पानीको पर्वाह नगरी पत्रकारहरू माइतीघर मण्डलमा भेला भएर प्रहरी ज्यादतीविरुद्ध प्रदर्शन गरे। बिनापुर्जी प्रहरी सञ्चारगृहमा प्रवेश गरी पत्रकारहरूलाई आतंकित पार्न खोजिएको थियो। त्यसरी पक्राउ पर्नेमा नेपाल प्रेस डटकमका विश्वमणि सुवेदी, मोटिभेट डटकमका शोभराज बराल र डिएनए खबरका धीरज बस्नेत थिए।
उनीहरूलाई नेपाल प्रहरीको साइबर ब्युरोमा लगिएको थियो। चौतर्फी विरोधपछि पक्राउ परेका पत्रकारहरूलाई राति छाडिएको थियो। पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न सादा पोशाकमा गएका एक हुल प्रहरीले उनको संस्था नयाँ पत्रिकामा अढाई घण्टासम्म बसेर आतंकित पारेको सोही पत्रिकामा शनिबार प्रकाशित समाचारमा जनाइएको छ। त्यसैगरी अनामनगरस्थित दियोपोष्ट डटकमको कार्यालयमा डेढ घण्टा समाचार कक्षमा बसेर प्रहरीले पत्रकारहरूलाई धम्क्याएको थियो।
सादा पोशाकमा गएका एक हुल प्रहरीले पोष्टका प्रधान सम्पादक सुदीप विक र समाचार संयोजक मदन ढुंगानालाई खोजेको थियो। सञ्चारकर्मीमाथि भएको यस्तो धरपकडबारे सञ्चार संस्था, मानव अधिकारवादी संस्था, राजनीतिक दल, नेपाल बार र नागरिक समाजले विरोध जनाएका छन्। तस्वीर – विकास रौनियार
More society
- हेटौँडामा बन्दैछ ३ करोड लगानीमा महिलामैत्री पार्कNepal Khabar
- Kathmandu Film Festival puts Nepali cinema’s past, present and future in focusKathmandu Post
- Who is Manoj KC, the officer now leading Nepal Police?Kathmandu Post
- Watch: Assam police shoot dead Guwahati hotel shooting accused after alleged escape attemptThe Hindu
- डोल्पा कारागारबाट भागेका आठमध्ये चार कैदी पक्राउDC Nepal
- Delhi High Court to hear on November 6 plea by lawyers seeking action against suspended ACP, cops over threatsThe Hindu