Skip to main content
राजनीतिRatopati

विपन्न परिवारलाई कपडा तथा खाद्यान्न वितरण

Read the full story at Ratopati

विपन्न परिवारलाई कपडा तथा खाद्यान्न वितरण

पर्सा । छठ पर्वको अवसरमा रुङ्टा वेलफेयर सोसाइटी वीरगन्जले पर्साको मनियारीका ३ सय विपन्न परिवारका बर्तालु महिलालाई कपडा तथा खाद्यान्न वितरण गरेको छ।

‘आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका महिलालाई पर्व मनाउन सहज होस्’ भन्ने उद्देश्यले सोसाइटीले सामाजिक उत्तरदायित्वअन्तर्गत छठ पर्व मनाउने महिलालाई आवश्यक सामग्री सहयोगस्वरूप वितरण गरेको हो । बिहीबार आयोजित कार्यक्रममा प्रत्येक बर्तालु विपन्न परिवारका महिलालाई एक थान साडी र दुई किलो पिठो प्रदान गरिएको सोसाइटीका अध्यक्ष सुरेश रुङ्टाले जानकारी दिए।

सोसाइटीले स्थापनाकालदेखि नै विभिन्न सामाजिक तथा सेवामूलक गतिविधिमार्फत समुदायमा सहयोग गर्दै आएको छ । सो अवसरमा छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वबारे चर्चा गरिएको थियो।