Skip to main content
अर्थतन्त्रBizmandu

आन्तरिक राजस्व विभागका ८३ लाख सेवाग्राही, १५ सय कर्मचारीले कसरी दिइरहेका छन् सेवा?

Read the full story at Bizmandu

काठमाडौं। ८३ लाखभन्दा बढी करदाता र सेवाग्राहीको जिम्मेवारी सम्हालिरहेको आन्तरिक राजस्व विभागमा कर्मचारी करिब १ हजार ५०० जनामात्रै छन्। डिजिटल प्रणाली र स्थानीय तहसम्म विस्तार गरिएको सेवाले सामान्य कामको चाप घटाए पनि कर परीक्षण, अनुसन्धान, बक्यौता असुली र कर छली नियन्त्रणजस्ता जटिल जिम्मेवारी भने सीमित जनशक्तिकै काँधमा छ। यति धेरै सेवाग्राहीका लागि विभाग र देशभरका ४७ वटा आन्तरिक राजस्व कार्यालयबाट सेवा दिन कर्मचारीलाई सहज छैन।

सरसर्ति हेर्दा १ कर्मचारीको भागमा करिब ५५३० जना सेवाग्राही परेको देखिन्छ। तर प्यान लगायतका सामान्य कामको लागि प्रत्येक जिल्लामा रहेका कोष तथा लेखा नियन्त्रक कार्यालयबाट पनि काम भइरहेको छ। त्यस्तै करदाताको सेवा कार्यालय खारेजपछि विभिन्न स्थानीय तहले पनि करसम्बन्धी सामान्य कामको अख्तियारी लिएका छन्। जहाँबाट व्यवसायिक तथा व्यक्तिगत प्यान दर्ता, भुक्तानी लगायतका काम हुँदै आएको छ।

हालसम्म ५३ वटा स्थानीय तहले करदाता सेवा कार्यालयले गर्दै आएको कामको जिम्मेवारी लिएको विभागले जनाएको छ। यसअघि देशभर ३९ वटा करदाता सेवा कार्यालय थिए। रामेश्वर खनाल अर्थमन्त्री हुँदा सेवा कार्यालयहरू खारेज गरेर त्यसको सेवा प्रवाह स्थानीय तह र अन्य सरकारी संयन्त्रसम्म विस्तार गर्ने निर्णय गरे। यसले कर प्रशासनको संरचना पनि क्रमशः विकेन्द्रीत हुँदै गएको छ।