दिवालीमा सैफको पुर्ख्यौली गहना लगाउँदा विवादमा करिना, कांग्रेस नेताले पठाए कानुनी पत्र
Read the full story at Onlinekhabar (Nepali)

बलिउड अभिनेत्री करिना कपूर खानले दिवालीमा लगाएको एउटा गहना अहिले विवादित बनेको छ । न त त्यो सामान्य गहना हो, न त यसको इतिहास नै सामान्य छ । ३० क्यारेटको पन्ना जडित उक्त पेन्डेन्टमा पवित्र कुरानको आयत कुँदिएको छ । यही पेन्डेन्ट दिवालीको अवसरमा लगाएपछि करीना विवादमा तानिएकी हुन् । यस विषयलाई लिएर कांग्रेस नेता अब्बास हफिजले करीनालाई कानुनी नोटिस पठाएका छन् ।
मुस्लिम समुदायका केही व्यक्तिले पनि उनको पहिरनप्रति आपत्ति समेत जनाएका छन् । करिनाले सामाजिक सञ्जालमा दिवाली सेलिब्रेसनका केही तस्वीर सार्वजनिक गरेकी थिइन् । तस्वीरमा उनी डिजाइनर पुनीत बलानाले तयार पारेको बेज रंगको कफ्तान र सुहाँउदो पगडीमा देखिएकी छिन् । उक्त पेन्डेन्टमा पवित्र कुरानको आयत ‘आयतुल कुर्सी’ कुँदिएको छ । यो कुरानको दोस्रो अध्याय ‘सूरह अल–बकरा’ को २५५औँ आयत हो ।
मुस्लिम समुदायका केही व्यक्तिको आपत्ति के छ भने कुरानको पवित्र आयत अंकित गहना हिन्दू धर्मको पर्व दिवाली मनाउने क्रममा लगाउनु धार्मिक मर्यादाविपरीत हो । यही विषयमा कांग्रेस नेता अब्बास हफिजले करिनालाई कानुनी पत्र पठाएका हुन् । हफिजले पनि कुरानको पवित्र आयत अंकित पेन्डेन्ट दिवालीमा लगाएको भन्दै आपत्ति जनाएका छन् । उनले यसलाई कुरानको अपमान भएको दाबी गर्दै करीनालाई पत्र पठाएका हुन् । पत्रमार्फत उनले सामाजिक सञ्जालबाट पेन्डेन्ट लगाएको तस्बिर हटाउनसमेत निर्देशन दिएका छन् ।
More business
- व्यवसायी ढकाल र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी विस्तार गर्न आग्रहNepal Khabar
- मकवानपुर दुर्घटनाका मृतकको पहिचान र शव व्यवस्थापनमा सहजीकरण गर्न रास्वपाको आग्रहDC Nepal
- नेपालले तीन महिनामा बेच्यो २.५७ अर्बको अलैंची, प्रति मन मूल्य ९० हजार माथिBizmandu
- सन्दीप लामिछानेको करिअरकै शानदार बलिङ, ह्याट्रिकसहित ६ विकेटThaha Khabar
- लघुवित्तलाई बढ्दो खराब कर्जाले तनाव, पुग्यो ११.६१ प्रतिशत, कुनको ब्यालेन्स सिट कस्तो?Bizmandu
- एनभिडिया विवादले प्रतिस्पर्धीलाई फाइदा, एएमडीको शेयरमा भारी उछालDC Nepal