Skip to main content
समाजSetopati

यस्तो देखियो कलाकारको भाइटीका (तस्बिरहरू)

Read the full story at Setopati

यस्तो देखियो कलाकारको भाइटीका (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका। दिदीबहिनी र दाजुभाइबीच प्रेम, स्नेह र आत्मीयता साटासाट गर्दै यो पर्व मनाइँदैछ। सर्वसाधारणसँगै कलाकारहरूले पनि हर्षोल्लासका साथ भाइटीका मनाएका छन्।

भाइटीकाको अवसरमा कलाकारहरूले दिदीबहिनीबाट टीका ग्रहण गर्दै र दाजुभाइलाई टीका लगाइदिँदै गरेका तस्बिर सामाजिक सञ्जालमार्फत साझा गरेका छन्। तस्बिरमा प्रशंसक तथा शुभचिन्तकले समेत शुभकामना व्यक्त गरिरहेका छन्। अभिनेता राजेश हमालले भाइटीकाको तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै शुभकामना व्यक्त गरेका छन्।

अभिनेता हरिवंश आचार्यले दुई दिदीसँग भाइटीका लगाएका छन्। त्यस्तै, दीपाश्री निरौला, केकी अधिकारी, हेमन्त शर्मा, अर्जुन सापकोटा, निखिल उप्रेती, खेम सेञ्चुरी, प्रिज्मा-प्रिन्सी खतिवडालगायतले पनि भाइटीकाका तस्बिर सामाजिक सञ्जालमा साझा गरेका छन्।