कर्णालीलाई सुरुवातमै झट्का, शून्य रनमै आउट भए रावत
Read the full story at Nagarik News

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली याक्सले कमजोर सुरुवात गरेको छ। ताजा स्थितिमा कर्णालीले २ ओभरको खेल सकिँदा १ विकेट गुमाएर ५ रन बनाएको छ। कर्णालीले इनिङको पहिलो ओभरमै खाता नखोली पहिलो विकेट गुमायो। ओभरको चौथो बलमा ओपनर दिपेन्द्र रावतलाई लुम्बिनीका बलर अभिषेक गौतमले शून्य रनमै पेभेलियन फर्काए।
४ बलको सामना गरेका रावत खाता खोल्न नपाई आउट भएका हुन्। सुरुवाती झट्कापछि हाल क्रिजमा आरिफुल इस्लाम र दीपक डुम्रे छन्। इस्लामले ६ बलमा १ चौकासहित ४ रन बनाएका छन् भने डुम्रे ३ बल खेलेर शून्य रनमा अविजित छन्। लुम्बिनीका लागि अभिषेक गौतमले किफायती बलिङ गर्दै १ ओभरमा १ रन खर्चेर १ विकेट लिए।
अर्का बलर रुबेन ट्रम्पलम्यानले १ ओभरमा ४ रन खर्चिएका छन्। दुवै टोली महत्वपूर्ण अंकको खोजीमा छन्।
More business
- व्यवसायी ढकाल र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी विस्तार गर्न आग्रहNepal Khabar
- कर्णालीको कप्तान परिवर्तन, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दैNepal Khabar
- Taiwan to close Papua New Guinea office and halt spot-market LNG purchasesSouth China Morning Post
- Markets extend gains for 3rd day; Sensex ends above 81,900 on FII inflows, lower crude oilThe Hindu
- Auto stocks skid 1% on profit booking despite softer crude, firm marketsThe Hindu
- Paraguayans get some savings back after banking collapse disrupted economyFrance 24