Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

राक्षस वधको खुसीयालीमा बर्सेनि नाचिन्छ ‘डल्ले सराय’

Read the full story at Onlinekhabar (Nepali)

राक्षस वधको खुसीयालीमा बर्सेनि नाचिन्छ ‘डल्ले सराय’

डल्ले सराय प्यूठानको सांस्कृतिक पहिचानसँग जोडिएको मौलिक परम्परा हो । यसको उत्पत्तिबारे लिखित इतिहास उपलब्ध छैन । तर, स्थानीय लोककथाले यसलाई एउटा साहसिक घटनासँग जोड्छ । २६ कात्तिक, प्युठान । ढोल–मादलको तालमा तरबार उचाल्दै गाउँलेहरू ‘वाख्यै… वाख्यै…’ भन्दै नाचिरहेका थिए । कसैको गलामा फूलको माला थियो, कसैको हातमा तरबार ।

भाइटीकाको भोलिपल्ट प्यूठान नगरपालिका–७, पुण्यखोलामा देखिएको यो दृश्य पुस्तौँ पुरानो ‘डल्ले सराय नाच’को निरन्तरता थियो । स्थानीयको सामूहिक सहभागितामा यस वर्ष पनि परम्परागत नाच उल्लासका साथ सम्पन्न भयो । डल्ले सराय प्यूठानको सांस्कृतिक पहिचानसँग जोडिएको मौलिक परम्परा हो । यसको उत्पत्तिबारे लिखित इतिहास उपलब्ध छैन । तर, स्थानीय लोककथाले यसलाई एउटा साहसिक घटनासँग जोड्छ । लोककथा अनुसार, कुनै समय गाउँमा मानवरूपी राक्षसको आतंक थियो ।

उसले बर्सेनि एक जना गाउँलेको मासु खाने गथ्र्यो । गाउँलाई त्यसको आतंकबाट मुक्त गराउन एक साहसी युवकले आफ्ना बाबुको सट्टा आफू राक्षसको वासस्थानमा पुगेर उसको वध गरेको जनविश्वास छ । त्यसपछि चार गाउँका बासिन्दाले तरबार बोकेर ‘वाख्यै… वाख्यै…’ भन्दै खुसीयाली मनाएको घटनालाई डल्ले सराय नाचको उत्पत्तिसँग जोड्ने गरिएको छ । नाचमा युवा तथा अधबैंसे पुरुष सहभागी हुन्छन् । गाउँका दिदीबहिनीले लगाइदिएको फूलको माला पहिरिएर उनीहरू परम्परागत भेषभूषामा नाच्छन् ।