१० हजार राज्यले र ३ हजार माओवादीले मा’ रेको तथ्य हो, १७ हजार होइन: दाहाल
Read the full story at Nagarik News

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मान्छे मारेको भन्ने आरोप झुटो भएको दाबी गर्दै त्यसलाई प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्। बिहीबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले द्वन्द्वकालमा मारिएका १७ हजारको भारी माओवादीलाई मात्र बोकाउनेहरू बेइमान र पाखण्डी भएको टिप्पणी गरेका हुन्। जनयुद्धको प्रमुख नेतृत्वकर्ताको हैसियतले आफूले तथ्यका आधारमा बोलिरहेको उल्लेख गर्दै संयोजक दाहालले द्वन्द्वका क्रममा करिब १३ हजार ७० जनाको मात्र मृत्यु भएको दाबी गरे।
‘म १७ हजारको ट्याग लगाउनेहरूलाई चुनौतीका साथ भन्न चाहन्छु, प्रमाणित गरेर देखाऊ,’ दाहालले भने, ‘नेपाली मरेको १३ हजार ७० वरिपरि मात्रै हो। त्यसमा पनि राज्य पक्षले माओवादी भन्दै १० हजारभन्दा बढी नागरिक मारेको हो। माओवादी विद्रोहमा सेना-प्रहरीसहित राज्य पक्षका मारिएका भनेको ३ हजार प्लस मात्रै हो, यो तथ्य हो।
’ दाहालले बुद्धिजीवीहरूले झन्डै आठ वर्ष अनुसन्धान गरेर तथ्य र तथ्यांकसहित निकालेको ‘जनयुद्धमा दलित’ नामक पुस्तक अध्ययन गर्न आग्रह गरे। स्वार्थका लागि इतिहासको तथ्य तोडमोड गरिए पनि सत्य स्थापित भएरै छाड्ने उनको जिकिर थियो। ‘१७ हजारको भारी सिंगै माओवादीलाई लगाउनेहरू अपराधी हुन्,’ उनले भने, ‘तिनीहरूले इतिहासप्रति अपराध गरेका छन्, उनीहरूलाई इतिहासले माफी दिने छैन।
More politics
- सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखराNepal Khabar
- एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेटNepal Khabar
- भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, पाँच जना एकै परिवारकाNepal Khabar
- बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइतेNepal Khabar
- बालेनको भारत भ्रमणमा पञ्चेश्वरबारे छलफल हुने भारतीय मन्त्रीको दाबीNepal Khabar
- भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठनNepal Khabar