Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

विराटनगरमाथि काठमान्डुको सहज जित

Read the full story at Onlinekhabar (Nepali)

विराटनगरमाथि काठमान्डुको सहज जित

काठमान्डुका लागि अष्ट्रेलियन खेलाडी डेभिड वार्नरले अविजित रहँदै सर्वाधिक ४४ रन बनाए । २४ बल खेलेका २ चौका र ३ छक्का प्रहार गरे । यस्तै अर्का अष्ट्रेलियन विलियम बोसिस्टोले २४ बलमा ३ चौका प्रहार गर्दै अविजित २३ रन बनाए । १९ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ ।

पहिलो खेलमा पराजित भएको काठमान्डुले लगातार दुई खेल जित्दै ३ खेलबाट ४ अंक जोडेको छ र अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । पाँच खेल खेलिसकेको विराटगरको भने यो तेस्रो हार हो र समान ४ अंक भए पनि रनरेटका आधारमा पाँचौ स्थानमा झरेको छ । काठमान्डुका लागि अष्ट्रेलियन खेलाडी डेभिड वार्नरले अविजित रहँदै सर्वाधिक ४४ रन बनाए । २४ बल खेलेका २ चौका र ३ छक्का प्रहार गरे । यस्तै अर्का अष्ट्रेलियन विलियम बोसिस्टोले २४ बलमा ३ चौका प्रहार गर्दै अविजित २३ रन बनाए ।

दोस्रो विकेटका लागि वार्नर र बोसिस्टोले अविजित ७९ रनको साझेदारी गरेका थिए । ओपनर साहिल पटेलले ११ बलमा १० रन बनाएर आउट भए । त्यअसघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर विराटनगर किंग्स १९.३ ओभरमा ८३ रनमा अलआउट भएको थियो । विराटनगरका लागि नवौँ नम्बरमा ब्याटिङ रगेका रुपेश सिंहले २७ बल खेल्दै ३ चौका र १ छक्का मदतमा सर्वाधिक २६ रन बनाए ।