शानदार लयमा लुम्बिनी लायन्स
Read the full story at Onlinekhabar (Nepali)

लगातार उत्कृष्ट बलिङ प्रदर्शन । ब्याटिङमा पनि परिक्षण । अनि मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार जित । नेपाल प्रिमियर लिग ( एनपीएल) को तेस्रो सिजन लुम्बिनी लायन्सको शानदार प्रदर्शन जारी छ र नतिजा पनि आफ्नो पक्षमा पारिरहेको छ । तेस्रो संस्करण लगभग आधा खेल भइसक्दा लुम्बिनी लायन्स मात्र एक्लो अपराजित टोलीको रूपमा छ ।
ब्याटिङमा मध्यम स्कोर बनाएको लुम्बिनीले बलरहरूको उत्कृष्ट प्रदर्शनमा बिहीबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ । यस सिजन ३ जित र १ खेलमा अंक बाँडेको (वर्षाका कारण चितवन विरुद्धको खेल रद्द भएको) लुम्बिनी ७ अंकसहित शीर्ष स्थानमा छ र प्लेअफको निकै नजिक समेत पुगेको छ । कीर्तिपुरस्थित बिहीबारको पहिलो खेल दुई च्याम्पियन टोली जनकपुर र लुम्बिनीबीच थियो । एनपीएलको इतिहासमा दुई च्याम्पियन टोली भिडेको यो पहिलो पटक हो । जसमा दोस्रो संस्करणको विजेता लुम्बिनीले पहिलो संस्करणको विजेता जनकपुरविरुद्ध बाजी मार्यो ।
जनकपुरका हर्मीत सिंहले टस जितेर बलिङ रोज्दै लुम्बिनीलाई पहिले ब्याटिङको निम्तो दिएका थिए । यस सिजन लुम्बिनीले दुवै खेलमा पहिले बलिङ गर्दै विपक्षीलाई १०० भन्दा स्कोरमा रोकेको थियो । तर पहिलो पटक सुरुमा ब्याटिङ गरेको लुम्बिनीका ओपनर डार्शी शर्ट पहिलो बलमै आउट भए । त्यसपछि पनि निमयित रूपमा लुम्बिनीले विकेट गुमायो ।
More politics
- काठमाडौंका बलर हाबी हुँदा सस्तैमा समेटियो विराटनगरNepal Khabar
- मिडियालाई अझै नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल अध्यादेश ल्याइयो: महासंघNepal Khabar
- विराटनगरमाथि काठमाडौँको सानदार जितNepal Khabar
- मिस्रीले भेटे रविNepal Khabar
- हसिनाले फेरि भनिन् : मृत्युदण्ड भए पनि डिसेम्बरमा स्वदेश फर्कन्छुNepal Khabar
- मिस्रीको नेपाल भ्रमण: बालेनको भारत भ्रमणबारे छलफल, सहकार्य विस्तारमा जोडNepal Khabar