Skip to main content
विश्वNepal Khabar2 outlets covering

काठमाडौँ आइपुगे भारतीय विदेश सचिव मिश्री

Read the full story at Nepal Khabar

काठमाडौँ आइपुगे भारतीय विदेश सचिव मिश्री

भारतीय विदेशसचिव विक्रम मिश्री काठमाडौँ आइपुगेका छन्। दुईदिने औपचारिक भ्रमणका क्रममा बुधबार बिहान मिश्री काठमाडौँ आइपुगेका हुन्। परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा काठमाडौँ आएका मिश्रीले समकक्षी राईसँग बुधबारै द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ।

भारतीय विदेशसचिव मिश्रीले काठमाडौँमा रहँदा प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेसँग पनि शिष्टाचार भेट गर्ने स्रोतले जनाएको छ। त्यसैगरी उनले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, भौतिक पूर्वाधारमन्त्री सुनील लम्साललगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

त्यसक्रममा नेपाल-भारत सम्बन्धका समग्र आयामको समीक्षा र दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने जनाइएको छ।