Skip to main content
वातावरणOnlinekhabar (Nepali)

कस्तो छ विदुरको अस्थायी सेल्टरमा बसेका बाढीपीडितको अवस्था ? (फोटो फिचर)

Read the full story at Onlinekhabar (Nepali)

कस्तो छ विदुरको अस्थायी सेल्टरमा बसेका बाढीपीडितको अवस्था ? (फोटो फिचर)

रसुवाको उत्तरगया-१ र आमाछोदिङ्गो गाउँपालिकाबाट उद्धार गरिएका भोटेकोशी बाढी प्रभावितहरू स्थायी आवासको आशा बोकेर विदुरको अस्थायी सेल्टरमा आश्रय लिइरहेका छन् । २० कात्तिक, विदुर (नुवाकोट) । गत १० भदौमा आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित रसुवाका नागरिकलाई काठमाडौं र नुवाकोटमा अस्थायी सेल्टरको व्यवस्था गरिएको छ । टिमुरे र स्याफ्रुबेसीबाट उद्धार गरिएकालाई काठमाडौंमा र उत्तरगया र आमाछोदिङ्गो गाउँपालिकाबाट उद्धार गरिएकाहरूलाई छिमेकी जिल्ला नुवाकोटमा अस्थायी सेल्टरमा राखिएको छ ।

टिमुरे र स्याफ्रुबेसीबाट उद्धार गरिएकालाई काठमाडौंको नागार्जुन नगरपालिकास्थित यल्लो गुम्बा र स्वयम्भुस्थित मुस्ताङ गुम्बामा राखिएको छ । उत्तरगया र आमाछोदिङ्गो गाउँपालिकाबाट उद्धार गरिएकाहरूलाई छिमेकी जिल्ला नुवाकोटमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । बाढी लगत्तै नुवाकोटको बट्टारमा रहेको हिमालय बोर्डिङ स्कुलमा राखिएका उनीहरूलाई पछिल्लो समय विदुर नगरपालिका-५ मा दुई वटा अस्थायी टहरा बस्ने व्यवस्था गरिएको छ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को अगुवाइमा कोदोबारी र ठूलोबारी गरी दुई स्थानमा बाढीपीडितलाई राखिएको छ ।

ठूलो बारीमा ३७ र कोदोबारीमा ७५ परिवारका सादस्य बसोबास गर्दै आएका छन् । ठूलोबारीमा बसोबास गर्दै आएकाहरू मुख्यतः उत्तरगया-१ का बाढीपीडितहरू हुन् ।