ट्रम्पबारे अनौठो आवाज सुनेको दाबी, ह्वाइट हाउस नजिकैबाट भेनेजुएलाका नागरिक पक्राउ
Read the full story at Nagarik News

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्न निर्देशन दिने आवाज सुनेको बताउने एक व्यक्ति ह्वाइट हाउस नजिकैबाट पक्राउ परेका छन्। अमेरिकी गोप्य सेवाका अधिकारीहरूले उनको गाडीमा तीन वटा बन्दुक र दर्जनौं गोली फेला पारेपछि उनलाई पक्राउ गरेका हुन्। अमेरिकी गृह सुरक्षा मन्त्रालयका अनुसार बिहीबार राति (स्थानीय समय) वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिकै पार्क गरिएको गाडीमा एक व्यक्ति शंकास्पद अवस्थामा भेटिएका थिए। गोप्य सेवाका अधिकारीहरूले उनीसँग सोधपुछ गर्दा उनले आफ्नो टाउकोमा केही आवाज सुनिएको र ती आवाजले राष्ट्रपति ट्रम्पलाई मार्न भनेको बताए।
पक्राउ पर्ने व्यक्ति रोनी योर्डिक्स गुआनिपा क्रिनोस रहेको अधिकारीहरूले बताएका छन्। उनको गाडी चोरी भएको उजुरी परेको पनि अनुसन्धानका क्रममा खुलेको छ। गाडीको खानतलासी गर्दा तीन वटा बन्दुक र दर्जनौं गोली भेटिएका थिए। अधिकारीहरूका अनुसार क्रिनोस भेनेजुएलाका नागरिक हुन्।
उनी सन् २०२४ को मार्चमा टेक्सास हुँदै अमेरिका प्रवेश गरेका थिए। अमेरिकी अधिकारीहरूले उनीमाथि विभिन्न आरोप लगाएका छन्। हाल उनी अमेरिकी मार्शल सेवाको हिरासतमा छन्। अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले गोप्य सेवाका अधिकारीहरूको प्रशंसा गरेका छन्।
More society
- Supreme Court registers Karki’s petition for reinstatement as Nepal Police chiefKathmandu Post
- तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्राSetopati
- Condemn Hindu nationalism, support students’ protests: U.S. Representative Ro KhannaThe Hindu
- Morning Digest: Great damage done to the fabric of India by BJP, Sonia Gandhi tells The Hindu ; U.S. Representative Ro Khanna condemns Hindu nationalism and supports students’ protests; and moreThe Hindu
- काठमाडौं उपत्यकामा २४ घण्टामा ४०७ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमाDC Nepal
- तिहार पर्व मर्यादित रूपमा मनाउन मुसिकोट नगरपालिकाको आग्रहOnlinekhabar (Nepali)