लोकप्रियताको आडमा महिलामाथि शोषण, चर्चित कमेडियन ब्रान्डलाई साढे १० वर्ष जेल
Read the full story at Nagarik News

बेलायतका चर्चित अभिनेता तथा हास्य कलाकार रसेल ब्रान्डलाई बलात्कार र यौन दुर्व्यवहारको कसुरमा साढे १० वर्ष जेल सजाय सुनाइएको छ। लन्डनस्थित साउथवार्क क्राउन कोर्टले सोमबार ५१ वर्षीय ब्रान्डलाई एक महिलालाई बलात्कार र अन्य तीन महिलामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहर गर्दै १० वर्ष ६ महिना जेल सजाय सुनाएको हो। उनले सन् २००४ देखि २००९ सम्म ती अपराध गरेको अदालतको ठहर छ। न्यायाधीश जोएल बेन्नाथनले ब्रान्डले आफ्नो प्रसिद्धिको दुरुपयोग गर्दै महिलाप्रति अहंकारी व्यवहार देखाएको बताए।
उनले ब्रान्डलाई सम्बोधन गर्दै भने, ‘तिमी प्रसिद्ध हुँदै गयौ। धेरैका नजरमा तिमी रमाइलो र आकर्षक व्यक्तित्वका धनी थियौ। तर तिमी यौन शिकारी पनि बनेका थियौ। ’ ब्रान्डले आफूमाथिका आरोप अस्वीकार गर्दै महिलासँगका सबै सम्बन्ध आपसी सहमतिमा भएको दाबी गर्दै आएका थिए।
तर आठ पुरुष र चार महिला सदस्य रहेको निर्णायक (जुरी) मण्डलले उनलाई चार वटा अभियोगमा दोषी ठहर गरेको हो। उनलाई अन्य दुई वटा बलात्कारका अभियोग र एक महिलामाथि अभद्र यौन दुर्व्यवहारको प्रयास गरेको आरोपबाट भने सफाइ दिइएको छ। अभियोजक रिएल कार्मी-जोन्सले ब्रान्डमाथि आफ्नो प्रसिद्धि र प्रभाव प्रयोग गरेर महिलासम्म पहुँच बनाए आरोप लगाइन्। ‘उनले आफ्नो प्रसिद्धिसँगै आएको शक्ति महिलासम्म पहुँच बनाउन प्रयोग गरे।
More society
- पतिको हत्याको आरोपमा पत्नीसहित भारतीय युवक पक्राउNepal Khabar
- Tiruchendur temple gears up for Kanda Sashti festivalThe Hindu
- तिहारमा ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमाOnlinekhabar (Nepali)
- म्याग्दीमा ‘आगोदेउ’ पर्वको उल्लासDC Nepal
- ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन प्रहरीको निर्देशनThaha Khabar
- Crime Branch notice to Keralam PSC chairperson to appear for questioning on TuesdayThe Hindu