Skip to main content
समाजOnlinekhabar (Nepali)

तिहारमा मौसम घमाइलो हुने

Read the full story at Onlinekhabar (Nepali)

तिहारमा मौसम घमाइलो हुने

मौसमविदहरुका अनुसार आगामी एक सातासम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छैन । एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि जनजीवन प्रभावित नहुने पूर्वानुमान छ । मौसम विज्ञान विभागले आज कात्तिक १९ गतेदेखि २३ गते गाईपूजाको दिनसम्मको मौसम पूर्वानुमान सार्वजनिक गर्दै मौसममा उल्लेख्य फेरबदल नहुने जानकारी दिएको छ ।

मौसम बुलेटिनमा एक–दुई ठाउँमा मात्र हल्का पानी पर्ने र तराई मधेश तथा उपत्यका अनि खोँचहरुमा बिहानपख हल्का हुस्सुकुहिरो मात्र लाग्ने उल्लेख छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि आगामी एक साताको मौसमबारे जानकारी दिँदै तिहार अवधिभर व्यापक वा लगातार वर्षाको सम्भावना नरहेको बताएका छन् ।

मौसम अनुकूल रहने देखिएकाले तिहार धुमधामसँग मनाउने र धान काट्ने तयारीमा रहेका किसानका लागि आगामी दिन सहज हुने डा. पोखरेलको भनाइ छ । जाडोयाममा कम पानी पर्ने, बेस्सरी हावा नचल्ने तथा उद्योग कलकारखाना, सवारी साधन, कृषि कर्म र पूर्वाधार निर्माणको गतिविधिले वायु प्रदूषण बढाउने गर्दछ ।