लुम्बिनीविरूद्ध वार्नरले बनाए ६६ रन, अन्तिम पाँच ओभरमा काठमाडौंका सात विकेट पतन
Read the full story at Setopati

डेभिड वार्नरको उत्कृष्ट अर्धशतकका बाबजुद अन्तिम ओभरहरूमा लगातार विकेट गुमाएपछि काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य दिएको छ। काठमाडौंका लागि वार्नरले सर्वाधिक ६६ रन बनाए। उनले ५० बलमा ९ चौका र एक छक्का प्रहार गरे। साहिल पटेलले ३६ बलमा ३८ रन बनाए। यी दुईले पहिलो विकेटका लागि १०४ रनको उत्कृष्ट साझेदारी गर्दै काठमाडौंलाई बलियो सुरुवात दिलाएका थिए। काठमाडौंले पहिलो विकेटका रूपमा साहिललाई १३.२ ओभरमा गुमाएको थियो।
त्यसबेला टोलीको स्कोर १०४ रन थियो। त्यसपछि वार्नर र कप्तान करण केसीले पारी अघि बढाए पनि लुम्बिनीका बलरले लगातार दबाब सिर्जना गरे। १५.५ ओभरमा शेर मल्लले वार्नरलाई सन्दीप जोराको हातबाट क्याच गराएपछि काठमाडौंको इनिङ्सले अप्रत्याशित मोड लियो। त्यसको अर्को बलमा मल्लले दुई रन दिए। त्यसपछि १६.१ ओभरमा अभिषेश गौतमले करण केसीलाई ९ रनमा आउट गरे। लगत्तै १६.२ ओभरमा विल बोसिस्टोलाई खाता खोल्न नदिई बोल्ड गरे।
यसरी चार बलको अन्तरमा काठमाडौंले वार्नर, करण र बोसिस्टो गरी तीन महत्वपूर्ण विकेट गुमायो। एक समय १०४ रनमा विकेट नगुमाएको काठमाडौंले ११७ रन पुग्दा चार विकेट गुमाइसकेको थियो। अर्थात् १३ रन जोड्दा तीन विकेट गुमेपछि काठमाडौंको रनगति र इनिङ्स दुवैमा धक्का लाग्यो। त्यसपछि पनि काठमाडौंले सम्हालिएर खेल्न सकेन।
More politics
- कोप-३१ का लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री टर्की प्रस्थानNepal Khabar
- सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदनNepal Khabar
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar
- अस्ट्रेलियाका प्रधानमन्त्रीले ढाकाटोपी लगाएर सम्बोधन गरे ‘नेपाल फेस्टिभल’Nepal Khabar
- अब इतिहासको कुरा मात्र गरेर हुँदैन: प्रकाशमान सिंहNepal Khabar
- एनपीएलमा डेविड वार्नरको अर्धशतकNepal Khabar