एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार
Read the full story at Onlinekhabar (Nepali)

२० कात्तिक, काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दसैं धमाका २०२६’ अभियानका विजेताको हातमा पुरस्कार पुग्न थालेको छ । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको हो । काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङ स्थलमा आयोजित कार्यक्रममा काठमाडौंका सुमन कर्माचार्य र विनोद ढुंगेललाई मोटरसाइकल हस्तान्तरण गरिएको छ ।
म्याक्स टाइगरको क्यानको बिर्कोबाट आकर्षक पुरस्कार जित्ने अवसर पाएका दुवै विजेताले अभियानअन्तर्गत जितेको मोटरसाइकल प्राप्त गरेका हुन् । सुमन र विनोद दुवैका लागि सामान्य रूपमा खरिद गरिने इनर्जी ड्रिङ्क यसपटक मोटरसाइकल जित्ने अवसर बनेको छ । यता, विराटनगरको पुरानो गुद्रीमा सञ्चालित एक्स्ट्रिम फ्यानजोनमा पनि दुई विजेताले आफ्नो पुरस्कार प्राप्त गरेका छन् । धरानका अनोज कुमार अधिकारीलाई स्कुटर हस्तान्तरण गरिएको छ भने विराटनगरका विनोद पोखरेलले मोटरसाइकल प्राप्त गरेका छन् ।
यससँगै काठमाडौं र विराटनगरमा गरी तीन वटा मोटरसाइकल र एउटा स्कुटर विजेतालाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । ‘म्याक्स टाइगरको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म १० जनाले मोटरसाइकल र ८ जनाले स्कुटर जितिसकेका छन्’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘तर, पुरस्कार जित्ने अवसर अझै सकिएको छैन ।
More politics
- बालेनलाई उच्च राजनीतिक चरित्र देखाउन रविको आग्रह, भने- हामी ठालु भयौँ, दम्भी बन्यौँNepal Khabar
- सरकारलाई ‘भुइँ टेक्न’ सुझाव दिँदै रविले भने- हामी चुनाव जितेका हौँ, कुनै ग्रहबाट खसेका होइनौँNepal Khabar
- स्थानीय तहमा उम्मेदवार छनोटका लागि रास्वपाको सात बुँदे निर्देशनNepal Khabar
- सहिद परिवारलाई घर हस्तान्तरण गरेर मकवानपुरमा जागरण अभियानको उद्घाटनNepal Khabar
- बालेन सरकारलाई पश्चिममा शक्तिहरूले नै विघटन गर्नेछन्: बादलNepal Khabar
- न्यायपालिकाको सुधारमा न्यायाधीशको आचरण र जवाफदेहिता निर्णायक: प्रस्तावित न्यायाधीश सारूNepal Khabar