गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी
Read the full story at Ratopati

कास्की । माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेका विद्यार्थीले स्थानीय स्रोतसाधनको उपयोग गरी गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्न थालेका छन् । तारेबराह आधारभूत विद्यालयमा आज आयोजित उद्यमशीलतासम्बन्धी अन्तरक्रियामा विद्यार्थीले बाँस तथा अल्लोबाट हस्तकलाका सामग्री उत्पादन, होमस्टे सञ्चालन, कृषि पर्यटन र लघु जलविद्युत् आयोजना सञ्चालनलगायतका सम्भावना पहिचान गरेका हुन् ।
माछापुच्छ्रे र मर्दी हिमालको काखमा रहेको लुम्रेमा आयोजित कार्यक्रममा विद्यार्थीले गाउँमै सीप सिक्ने अवसर र उद्यम सञ्चालनका लागि आवश्यक सहयोगको मागसमेत गरेका थिए । तारेबराह आधारभूत विद्यालयकी पूर्वविद्यार्थी सुगन श्रेष्ठले सामान्य कम्प्युटर सीप सिक्न पनि पोखरा पुग्नुपर्ने र रु १२ हजारसम्म खर्च गर्नुपर्ने अवस्था रहेको बताउँदै गाउँमै कम्प्युटर तालिम तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले उद्यमशीलतासम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिई गाउँमै सिक्ने, काम गर्ने र उद्यमी बन्ने वातावरण बनाउनुपर्ने बताए ।
तारेबराहसहित गौरीशङ्कर मनिलाल माध्यमिक विद्यालय, निष्पक्ष माध्यमिक विद्यालय र बराह माध्यमिक विद्यालयका ३७ विद्यार्थी सहभागी कार्यक्रममा अमेरिकाको युनिभर्सिटी अफ कोलोराडो बोल्डरका प्राध्यापक तथा उद्यमी टम भिर्डेन र सामुदायिक विकास अभियन्ता लोइस श्याननले सहजीकरण गरेका थिए ।
More environment
- गोरखामा बुढीगण्डकी नदीमाथि जंगलमा भीषण सुक्खा पहिरोNepal Khabar
- भारतको मौसम विभागले भन्यो- बंगालको खाडीमा फेरि चक्रवात बन्ने सम्भावना देखियोNepal Khabar
- Nepal calls for mountain-focused climate action at COP31Kathmandu Post
- UN climate chief urges speed as COP31 confronts fossil fuel divideKathmandu Post
- Germany news: Solar power production approaches record highDW
- अस्ट्रेलियाको संसद् भवनअगाडि आप्रवासन नीतिविरुद्ध प्रदर्शन, ‘मास इमिग्रेसन’ रोक्न मागDC Nepal