Skip to main content
राजनीतिOnlinekhabar (Nepali)2 outlets covering

भीमफेदी दुर्घटनाका थप तीन मृतकको पहिचान खुल्यो

Read the full story at Onlinekhabar (Nepali)

भीमफेदी दुर्घटनाका थप तीन मृतकको पहिचान खुल्यो

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा आज बिहान भएको ईभी गाडी दुर्घटनाका थप तीन जना मृतकको पहिचान भएको छ । दुर्घटना स्थलमा खोजी गर्दा सर्लाहीको शुक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका ३५ वर्षीय राकेश यादव, २८ वर्षीय छोटु राय र अन्दाजी १७ वर्षका सुधेश यादव मृत भेटिएको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए । दुर्घटनामा परेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी गाडी सडकबाट करिब ५०० मिटर तल खस्दा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

दुर्घटनाको समयमा गाडीमा चालकसहित २० जना सवार थिए । यसअघि दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएकाको पहिचान भइसकेको छ । ६ जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा चालकसहित ६ पुरुष, २ महिला र ३ बालिका रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का करिब ३० वर्षीय चालक रविशंकर कुमार मण्डल रहेका छन् । अन्य मृतकहरू सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका हुन् ।