Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

सन्दीप लामिछानेले लिए ह्याट्रिक सहित ६ विकेट

Read the full story at Onlinekhabar (Nepali)

सन्दीप लामिछानेले लिए ह्याट्रिक सहित ६ विकेट

२६ कात्तिक, काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा ह्याट्रिक विकेट लिएका छन्। उनले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका हुन्। उनी यस सिजन एकै खेलमा ६ विकेट लिने पहिलो बलर बनेका छन् ।

यसअघिका ५ खेलमा १ विकेट मात्र लिएका उनले आफ्नो छैटौं खेलमा ६ विकेट लिए । उनले १५औं ओभरको तेस्रो, चौथो र पाँचौ बलमा लगातार विकेट लिएका हुन् । सन्दीप एनपीएलमा ह्याट्रिक विकेट लिने तेस्रो खेलाडी बनेका छन् । यसअघि काठमान्डु गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएका थिए ।

सन्दीपले ३ ओभरमा २३ रन खर्चेर ६ विकेट लिएपछि पोखराको मध्यक्रम ध्वस्त भएको छ । उनी एकै खेलमा ६ विकेट लिने पनि तेस्रो खेलाडी बने । यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिएका थिए ।