विराटनगरको धराशायी ब्याटिङ, वार्नरको आक्रामक जवाफ
Read the full story at Onlinekhabar (Nepali)

यसअघि उच्च योगफल बनाउनेदेखि ५ ओभरको खेलमा १०४ रनको विशाल योगफल बनाएको विराटनगरको ब्याटिङ प्रदर्शन आज भने निराशाजनक रह्यो । १९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत सुरुवाती दुई खेलमा पराजित भएपछि दुई जितका साथ पुनरागमन गरेको विराटनगर किङ्सले पाँचौं खेलमा झट्का बेहोरेको छ । ब्याटिङ एकाएक धराशायी बन्दा काठमाडौं गोर्खाजविरुद्ध बिहीबार ८३ रनमै समेटिएको विराटनगरले जारी प्रतियोगिताकै न्यून योगफल बनायो। जवाफमा डेभिड वार्नरको आक्रामक ब्याटिङमा काठमाडौंले ८४ रनको लक्ष्य ९.४ ओभरमै पूरा गर्दै सहज जित निकाल्यो।
यसअघि जारी प्रतियोगितामा उच्च योगफल बनाउनेदेखि ५ ओभरको खेलमा १०४ रनको विशाल योगफल बनाएको विराटनगरको ब्याटिङ प्रदर्शन आज भने निराशाजनक रह्यो । एक समय त प्रतियोगिताको इतिहासमै सबैभन्दा कम योगफलमा समेटिने हो कि भन्नेजस्तो अवस्था पनि आएको थियो । काठमाडौंले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा आएको विराटनगरले सुरुदेखि नै दबाब झेल्नुपर्यो। टोलीले ३५ रन जोड्दा सात विकेट गुमाइसकेको थियो। त्यसपछि रुपेश सिंह र एन्जेलो म्याथ्युजले आठौँ विकेटका लागि ३९ रनको साझेदारी गर्दै टोलीलाई केही राहत दिए।
रुपेशले २६ र म्याथ्युजले २२ रन बनाए। तर, अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। म्याथ्युजले ३१ बल खेलेर २२ रन बनाउँदा एक चौका मात्र प्रहार गरे।
More politics
- काठमाडौंका बलर हाबी हुँदा सस्तैमा समेटियो विराटनगरNepal Khabar
- मिडियालाई अझै नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल अध्यादेश ल्याइयो: महासंघNepal Khabar
- विराटनगरमाथि काठमाडौँको सानदार जितNepal Khabar
- मिस्रीले भेटे रविNepal Khabar
- हसिनाले फेरि भनिन् : मृत्युदण्ड भए पनि डिसेम्बरमा स्वदेश फर्कन्छुNepal Khabar
- मिस्रीको नेपाल भ्रमण: बालेनको भारत भ्रमणबारे छलफल, सहकार्य विस्तारमा जोडNepal Khabar