Skip to main content
समाजOnlinekhabar (Nepali)

अनुपविक्रम : नेपाली फिल्मका ह्यान्डसम भिलेन, सलमान खानसँग आमनेसामने

Read the full story at Onlinekhabar (Nepali)

अनुपविक्रम : नेपाली फिल्मका ह्यान्डसम भिलेन, सलमान खानसँग आमनेसामने

सलमान खान स्टारर फिल्म ‘मातृभूमि’को ट्रेलर सार्वजनिक भएसँगै नेपाली फिल्मवृत्तमा एउटा तरङ्ग फैलिएको छ । त्यो तरङ्गको तार जोडिएको छ, अनुपविक्रम शाहीसँग । बलिउड सुपरस्टारको फिल्ममा एउटा नेपाली अनुहारले कति ठाउँ पाएको होला ? धेरैको मनमा यही उत्सुकता जाग्छ । आखिर फिल्मको कास्टिङ लन्चदेखि ट्रेलरसम्म आइपुग्दा अनुपविक्रम जोडदार र यादगार देखिन्छन् । दर्जनौँ क्यामेराले घेरिएको मञ्चमा अनुपविक्रमलाई इंगित गर्दै निर्देशक अपूर्व लखिया भन्छन्, ‘अनुपलाई हामी यो फिल्ममार्फत सार्वजनिक गर्दैछौँ । उनले फिल्ममा राम्रो प्रोटागोनिस्टको भूमिका पाएका छन् ।

फिल्ममा उनको पात्र विशेष छ । ’ त्यसपछि उनी अनुपको व्यक्तिगत कुरातर्फ आउँछन् । भन्छन्, ‘अनुप नेपालका हुन् । उनी नेपालका निकै चर्चित कलाकार हुन् । यो फिल्मका लागि हामीलाई एउटा खास पात्र चाहिएको थियो । त्यसका लागि विश्वभरबाट कास्टिङ गरिएको थियो । धेरैले यसमा अडिसन दिए ।

त्यहीमध्येबाट हामीले अनुपलाई छान्यौँ । यसरी अनुप काठमाडौंबाट सीधै ‘मातृभूमि’मा जोडिन आइपुगे । ’ कार्यक्रम प्रस्तोता ठट्यौली शैलीमा सोध्छन्, ‘अनि काठमाडौंबाट सोझै सलमान भाइकहाँ ? यो त गजब कुरा भयो । ’ सुनेर अनुप कृतज्ञ हुन्छन् । त्यो मञ्चमा आफूमाथि चर्चा हुँदै गर्दा दङ्ग नपर्ने कुरा पनि भएन । प्रस्तोता कुरालाई जोड्छन्, ‘यो फिल्मका लागि एक–एक तस्बिरले पनि १० करोड लाइक पाउनेछन् ।