Skip to main content
खेलकुदNagarik News

जनकपुरको आधा टोली ४६ रनमै पेभेलियनमा

Read the full story at Nagarik News

जनकपुरको आधा टोली ४६ रनमै पेभेलियनमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा १२१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सको ब्याटिङ धराशायी भएको छ। सुदूरपश्चिम रोयल्सको कसिलो बलिङसामु जनकपुरले १०.५ ओभरमै आधा टोली गुमाएर मात्र ४६ रन जोडेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा जनकपुरलाई जितका लागि अब बाँकी ५५ बलमा ७५ रन आवश्यक छ। हाल क्रिजमा विशाल सुस्लिङ २ रन बनाएर खेलिरहेका छन् भने नयाँ ब्याटर मैदान प्रवेश गर्न बाँकी छ।

सुदूरपश्चिमका बलरहरूले लगातार दबाब बढाउँदै जनकपुरलाई खेलमा फर्कन दिएका छैनन्। ९.५ ओभरमा कुल ४२ रन हुँदा रायन बर्ललाई ८ रनको व्यक्तिगत स्कोरमा दीपेन्द्र सिंह ऐरीले बोल्ड गरे। त्यसलगत्तै १०.५ ओभरमा इनिङ्स सम्हाल्ने प्रयास गरिरहेका ओपनर त्रित राज दास २१ रन बनाएर रनआउट भए। २९ बलमा १ छक्का प्रहार गरेका दासलाई आरिफ शेख र विकेटकिपर विनोद भण्डारीले रनआउट गराएका हुन्।

यसअघि जनकपुरका ओपनर अनिल साह २, आदित्य महता १० र स्टार विदेशी ब्याटर ह्यारी टेक्टर १ रनमै पेभेलियन फर्किसकेका छन्। जनकपुरले पछिल्लो ५ ओभरमा मात्र १९ रन जोड्दा २ महत्त्वपूर्ण विकेट गुमाएको हो। सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिए। यस्तै दीपेन्द्र सिंह ऐरीले २ ओभरमा ७ रन दिएर १ विकेट र हेमन्त धामीले ३ ओभरमा १६ रन दिएर १ विकेट हात पारे।