Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

देश बदल्ने बहसमा नागरिक किन हराइरहेका छन् ?

Read the full story at Onlinekhabar (Nepali)

देश बदल्ने बहसमा नागरिक किन हराइरहेका छन् ?

हाम्रो वर्तमान विमर्शमा नागरिकको जनजीविका र आकांक्षाहरू भन्दा पनि यो षड्यन्त्रको सिद्धान्तमा यति धेरै ध्यान किन केन्द्रित हुँदैछ ? राज्य वा सरकारले मात्रै देशको मुहार फेर्न सक्छ भन्ने एकाङ्गी सोचबाट अब हामी मुक्त हुनु जरुरी छ। नेपाली समाज आज एक अजीबको राजनीतिक मोहपासमा फसेको छ। चियापसलदेखि सामाजिक सञ्जालसम्म, र सञ्चारमाध्यमदेखि नागरिक समाजसम्म हाम्रो सम्पूर्ण ऊर्जा राजनीतिक विश्लेषण र षड्यन्त्रको सिद्धान्तको बिगबिगीमा अल्झिएको छ।

यो सबै एउटा राजनीतिक रियालिटी सो जस्तै भइरहेको छ, जसले राजनीतिकर्मीहरूलाई उनीहरूको मूल दायित्वबाट भाग्न सजिलै छुट दिइरहेको छ। यदि विगतका राजनीतिक क्रान्तिहरू साँच्चै सफल हुँदा हुन् त, सायद अर्को राजनीतिक क्रान्तिको बाटो धेरैजसो बन्द नै हुन्थ्यो होला । औसत नेपालीको दैनिक जीवनका मुद्दाहरू चियापसलदेखि मिडिया र सामाजिक सञ्जालसम्म मूल कथाको रूपमा बहसको केन्द्रमा हुन्थे होला। तर, हाम्रो वर्तमान विमर्शमा नागरिकको जनजीविका र आकांक्षाहरू भन्दा पनि यो षड्यन्त्रको सिद्धान्तमा यति धेरै ध्यान किन केन्द्रित हुँदैछ ?

यो कसको फाइदाको लागि हुँदैछ ? र, यो षड्यन्त्रको सिद्धान्तबाट आम नागरिकले पाउँछन् चाहिँ के ? के यो विद्रोह पुराना दल र नेताहरूलाई दण्डित गर्न मात्रै थियो, वा नयाँ नेपालको परिभाषा कोर्नका लागि पनि ?