विदेशी मुद्रा अपचलन गरी सम्पत्ति विदेशमा, सुलभ अग्रवालविरुद्ध पौने २ अर्बको अर्को मुद्दा
Read the full story at Bizmandu
काठमाडौं। विदेशी मुद्रा अपचलन गरेर विदेशमा सम्पत्ति लगेको तथा लगानी गरेको आरोपमा व्यवसायी सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध अदालतमा अर्को मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक अर्ब ६८ करोड २० लाख रुपैयाँभन्दा बढी अपचलन गरेको आरोपसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
विभागले हिमालयन रि इन्स्योरेन्स, बीमा ब्रोकरलगायत विभिन्न विषयमा सुलभ-साहिलविरुद्ध यसअघि नै मुद्दा दायर गरिसकेको छ। यसबाहेक उनीहरुमाथि बैंकिङ कसुर, बीमा कसुर र धितोपत्र कसुर सम्बन्धी छुट्टाछुट्टै विषयमा पनि मुद्दा परिसकेको छ सम्पत्ति शुद्धीकरणमा दीपक भट्टलाई २६ अर्ब ६३ करोड बिगो दाबी, कसलाई कति बिगो? विभागले विदेशमा रहेको सम्पत्तिबारे अनुसन्धान गर्दा ललिता, सुलभ र साहिलले दुबईमा ‘हाइग्रोभ म्यानेजमेन्ट डीएमसीसी’ नामक कम्पनी स्थापना गरी कम्पनीको नामबाट खाता खोलेर मुद्दती निक्षेप राखेको भेट्टाएको छ।
यसबाहेक उनले विदेशका अन्य कम्पनीमा समेत लगानी गरेको देखिएको छ। विभागले दायर गरेको मुद्दामा विदेशी विनिमय ऐन, २०१९ को दफा ३ (१), दफा ५(१), दफा ९ग., दफा १०क (१) एवं दफा १६(१) विपरीतको कसूर गरेको अभियोग लगाएको छ। यसअनुसार विभागले सुलभको हकमा १ अर्ब ६८ करोड २० लाख, ललिता अग्रवालको हकमा १ अर्ब ७८ करोड १५ लाख र साहिल अग्रवालको हकमा १० लाख ९९ हजार बिगो कायम गरेको छ।
More world
- Midterm swing won’t change trajectory of US-China rivalrySouth China Morning Post
- Gold rush chokes traffic in Hyderabad’s Panjagutta on November 6; not enough sales say jewellersThe Hindu
- A Trump-Putin-Xi Summit? That Might Be Awkward for One of Them.The New York Times
- इरानले भन्यो– अमेरिकाको कागजी प्रतिबद्धतामा मात्रै विश्वास गरेर सम्झौता गर्दैनौंOnlinekhabar (Nepali)
- Bhullar edges out Baisoya in play-off, wins titleThe Hindu
- Two dead after bus crashes in France, officials sayBBC