दसाैँ राष्ट्रिय खेलकुद : कर्णाली प्रदेशको ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक
Read the full story at Onlinekhabar (Nepali)

छनोट हुन बाँकी खेलका प्रतियोगिता कात्तिक २७ देखि मंसिर ४ गतेसम्म सञ्चालन हुने छन्। यसअघि सम्बन्धित खेल संघ तथा महासंघबाट खेलाडी छनोट भइसकेका खेलको बन्द प्रशिक्षणसमेत सञ्चालन गरिने परिषद्ले जनाएको छ। २७ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दसाैँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ।
परिषद्ले २० कात्तिकमा जारी गरेको सूचनाअनुसार छनोट हुन बाँकी खेलका प्रतियोगिता कात्तिक २७ देखि मंसिर ४ गतेसम्म सञ्चालन हुने छन्। यसअघि सम्बन्धित खेल संघ तथा महासंघबाट खेलाडी छनोट भइसकेका खेलको बन्द प्रशिक्षणसमेत सञ्चालन गरिने परिषद्ले जनाएको छ। छनोट तालिकाअनुसार बास्केटबल (महिला तथा पुरुष), शारीरिक सुगठन र पौडीको छनोट कात्तिक २७ गते हुनेछ। जुडोको कात्तिक २८ गते तथा सेपाकताक्रो र सुटिङको कात्तिक २९ गते छनोट गरिने छ।
त्यस्तै, जिम्न्यास्टिक र ई-स्पोर्ट्सको कात्तिक ३० गते तथा साइक्लिङ र खोखो (महिला तथा पुरुष) को मंसिर १ गते छनोट हुनेछ। कबड्डी, आर्चरी, मार्सल आर्ट्स र कुस्तीको छनोट मंसिर ४ गतेका लागि तोकिएको छ। परिषद्ले सार्वजनिक गरेको तालिकाअनुसार जिम्न्यास्टिकको छनोट रंगशालामा, कबड्डीको कबड्डी हल सुर्खेतमा र बास्केटबलको मुख्य रंगशालास्थित बास्केटबल कोर्टमा हुनेछ।
More sports
- एनपीएलमा आज दुई महत्त्वपूर्ण खेल हुँदैNepal Khabar
- ह्वाइट हाउसनजिक गोली चल्यो, दुई जनाको मृत्यु, चार घाइतेNepal Khabar
- NBA: Cunningham scores 52 as Pistons win double OT thriller against WizardsAl Jazeera
- Harry Kane breaks caps record as England reach Nations League knockoutsAl Jazeera
- ह्वाइट हाउस नजिकै गोली चल्दा एकको मृत्यु, चार जना घाइतेDC Nepal
- FIFA loses bid to block UEFA evidence gathering against InfantinoDW