डब्ल्यूटीएममा नेपाल: भोटेकोशी बाढीको उदाहरण दिँदै पर्यटनमन्त्री पौडेलले गराए जलवायुको असरबारे विश्वको ध्यानाकर्षण
Read the full story at Nepal Khabar

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल 'गनेस'ले जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्दै दिगो र उत्थानशील पर्यटन विकासका लागि समुदायको सशक्तीकरण, प्रभावकारी सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताएका छन्। 'बदलिँदो विश्व परिवेशमा पर्यटन क्षेत्रको उत्थानशीलता अभिवृद्धि' विषयमा केन्द्रित सम्मेलनमा विश्वका विभिन्न देशका पर्यटनमन्त्री तथा सार्वजनिक र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो ।
बेन थम्पसनले सञ्चालन गरेको छलफलमा मन्त्री पौडेलले जलवायुजन्य विपद्का कारण पर्यटन पूर्वाधार र पर्यटकीय सम्पत्तिमा पुग्ने क्षति तथा यसले पर्यटन क्षेत्रको दिगोपनमा पार्ने प्रभावबारे धारणा राखेका थिए । उनले भोटेकोशीमा आएको आकस्मिक बाढीबाट भएको मानवीय क्षति र पर्यटन पूर्वाधारमा पुगेको क्षतिलाई जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा निम्त्याउन सक्ने जोखिमको उदाहरणका रूपमा प्रस्तुत गरे ।
जलवायु परिवर्तनका असरले पर्यटकीय गन्तव्य, पूर्वाधार र स्थानीय समुदायको जीविकोपार्जनमा समेत चुनौती थपिरहेको उनको भनाइ थियो । पर्यटनमन्त्री पौडेलले पर्यटन क्षेत्रलाई विपद् तथा जलवायुजन्य जोखिमबाट सुरक्षित राख्न समुदाय, सरकार र सुदृढ संस्थाहरूको सहभागितामा आधारित प्रभावकारी सङ्कट व्यवस्थापन प्रणाली विकास गर्नुपर्नेमा जोड दिए ।
More environment
- How climate change is reshaping the way children grow upKathmandu Post
- थातथलो फर्किने छटपटीमा होल्डिङ सेन्टरका बाढीपीडित (तस्वीरहरू)Onlinekhabar (Nepali)
- Ten years of the Paris Agreement: Has the world kept its climate promises?Al Jazeera
- बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष थापाले सम्हाले जिम्मेवारी, पहिलो निर्णय के गरे?Bizmandu
- Kathmandu Metropolitan City urges public to reduce air pollution risksOnlinekhabar English
- Delhi Plans Artificial Rain If Pollution Worsens After Diwali, Chhath PujaNDTV