थातथलो फर्किने छटपटीमा होल्डिङ सेन्टरका बाढीपीडित (तस्वीरहरू)
Read the full story at Onlinekhabar (Nepali)

१९ कात्तिक, काठमाडौं । भदौ १० गतेको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण विस्थापितहरूलाई काठमाडौंमा होल्डिङ सेन्टरमा राखिएको छ। काठमाडौंका विभिन्न गुम्बा तथा सेन्टरहरूमा विस्थापितहरू बस्दै आइरहेका छन्। केही भने पुन: गाउँ फर्किसकेका छन्। केही गाउँ फर्किने तयारीमा छन् भने केही चाहिँ फर्केर के गर्ने भनेर रनभुल्ल छन्। बाढीबाट विस्थापित भएकाहरू दुई महिनादेखि काठमाडौंमा बसिरहे पनि उनीहरूले थातथलो कसरी फर्किने भन्ने पिरलो छ।
सरकारले पुनर्स्थापनाको योजना नल्याएको उनीहरूको गुनासो छ। सधैँ काठमाडौंकै होल्डिङ सेन्टरमा बस्न सम्भव नदेखेपछि उनीहरू तिहारपछि आफ्नै थलो फर्किने तयारी गरिरहेका छन्। उनीहरू आफ्नो थलोमा गएर परम्परा, रीतिरिवाज जगाउने सोचाइमा छन्। रसुवाको टिमुरेकाहरू टिमुरेडाँडामा स्थायी बसोबासको योजना बुनिरहेका छन्। पुनर्वासका लागि खाद्यान्न, अस्थायी टहराको व्यवस्था गरिदिन उनीहरूले सरकारलाई आग्रह गरेका छन्। बाढीपछि राहतस्वरूप आएको पैसा प्रयोगमा ल्याउन सरकारलाई उनीहरूको सुझाव छ।
काठमाडौंको गुम्बामा बास बस्दा समाज, संस्कृति, खानपिन नमिलेको उनीहरूको अनुभव छ। उनीहरूले रसुवागढी नाका सञ्चालनमा ध्यान दिन सरकारसँग आग्रह गरेका छन्। टिमुरेका कामी नुर्बु तामाङले भने, ‘कहिले गाउँ फर्किने भन्ने मात्रै छ यहाँ सबैको चाहना। यहाँ कसरी चल्छ र सधैँ,’ उनले भने, ‘सरकारले हामी फर्किने वातावरण बनाओस्।
More environment
- हिमालयन डिस्टिलरीद्वारा स्वदेशमै उत्पादित सिंगल माल्ट ह्विस्की ‘श्लोक’ सार्वजनिकNepal Khabar
- डा. केसीको जीवन रक्षाका लागि पहल गर्न चिकित्सक संघको आह्वानNepal Khabar
- How climate change is reshaping the way children grow upKathmandu Post
- Residents suspect industrial pollution as Cauvery water turns green in parts of Erode districtThe Hindu
- डा केसीको जीवन रक्षा गर्न मागNagarik News
- डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारसँग नेपाल चिकित्सक संघको मागDC Nepal