भारतको सत्ता राजनीति देखेकी सोनियाले पुस्तकमा खोल्दैछिन् जीवनका निजी पाटाहरू
Read the full story at Bizmandu
इटालीको एउटा सानो गाउँबाट भारतको शक्तिशाली राजनीतिक परिवारको केन्द्रसम्म पुगेकी सोनिया गान्धीले आफ्नो जीवनका प्रेम, पारिवारिक सम्बन्ध, राजनीतिक जिम्मेवारी र व्यक्तिगत क्षतिका अनुभव सार्वजनिक गर्ने भएकी छन्। भारतको प्रमुख राजनीतिक दल भारतीय राष्ट्रिय कांग्रेसकी पूर्वअध्यक्षसमेत रहेकी ७९ वर्षीया सोनियाको संस्मरणात्मक पुस्तक ‘बिलङ्गिङ : अ जर्नी अफ लभ’ मंगलबार सार्वजनिक हुँदैछ। लामो समयदेखि आफ्नो निजी जीवनबारे कमै बोल्ने सोनियाले पुस्तकमार्फत आफ्नो जीवनको यात्रासँगै भारतको राजनीतिक इतिहासका महत्त्वपूर्ण घटनालाई पनि उजागर गरेकी छन्। उनले आफ्नो जीवनलाई ‘प्रेम, कर्तव्य, वियोग र अपनत्वको खोजी’ का रूपमा व्याख्या गरेकी छन्।
पुस्तक सार्वजनिक हुन लागेको समय भारतीय राजनीतिका दृष्टिले पनि अर्थपूर्ण छ। कुनै समय सोनियाकै नेतृत्वमा रहेको कांग्रेस अहिले नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) को राजनीतिक वर्चस्व चुनौती दिने प्रयासमा छ। पछिल्लो समय युवाको नेतृत्वमा भइरहेका प्रदर्शनले कांग्रेसलाई पुनः राजनीतिक बहसको केन्द्रमा ल्याउन सहयोग गरेको छ। उनका छोरा राहुल गान्धी पनि ती आन्दोलनमा सक्रिय देखिएका छन्।
सन् १९४६ मा क्याथोलिक परिवारमा जन्मिएकी सोनियाको बाल्यकाल उत्तरी इटालीको टुरिननजिकै बितेको थियो। सन् १९६५ मा अंग्रेजी भाषा अध्ययनका क्रममा बेलायतको क्याम्ब्रिजमा उनको भेट राजीव गान्धीसँग भयो।
More environment
- चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमाNepal Khabar
- जलवायु मुद्दामा संसारका सय प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्लेNepal Khabar
- रिसराग भुलेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाऔँ: प्रधानमन्त्रीNepal Khabar
- Nepal urges climate justice for Himalayas at COP31Kathmandu Post
- Traffic resumes on Prithvi Highway after overnight landslideKathmandu Post
- 5 ways countries stymie climate negotiations without actually saying ‘no’Onlinekhabar English