सानेपामा निश्चिन्त गगन, बेनमाथि अनुसन्धानको जोड
Read the full story at Nepal Khabar

नेपाली कांग्रेसका सभापति गगन थापाले पदाधिकारी बैठक बोलाएर आफूमाथि लागेको आरोपबारे स्पष्ट पारेका छन्। बुधबार शीर्षनेतासँग छलफल गरेका थापाले बिहीबार पदाधिकारी र सांसदहरूसँग आफूमाथि लागेको आरोपको प्रस्टीकरण दिँदै प्रतिवादका लागि तयार रहन भने। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले कांग्रेस र आफूविरुद्ध षडयन्त्र गरिरहेको फेहरिस्त थापाले छलफलमा सुनाए। सानेपामा बिहीबार दिउँसो ३ बजेदेखि डेढ घण्टा चलेको बैठकमा सभापति थापाले आफूले कुनै गलत र अनैतिक काम नगरेको भन्दै जिम्मा लिएर बोल्दा समस्या नहुने बताए। 'तपाईं मेरोबारेमा जिम्मा लिएर बोल्न सक्नुहुन्छ।
मेरोबारेमा जिम्मा लिएर भन्न सक्नुहुन्छ, गगन थापाबाट कुनै गलत, अनैतिक काम भएको छैन। हुन सक्दैन,' थापाले छलफलम भने, 'कति साथीहरू भन्नुहुन्छ, यो होला, त्यो होला। कुनै कुराको चिन्ता नलिनुहोला। जे पर्छ, त्यो बेहोर्ने हो। ' यससँगै थापाले आफू सबै खालको अनुसन्धानका लागि तयार रहेको बताए।
'इनम सापकोटासँग मेरो कुनै पनि किसिमको भेटघाट र चिनजान छैन। तपाईंहरू ढुक्क हुनुहोला,' थापाले भने। 'फिक्सर इनम सापकोटा, जो अहिले प्रहरी अनुसन्धानका लागि हिरासतमा छन्, उनको भनेर एउटा अडिओ बाहिर आएको छ। त्यो अडिओमा मेरो बारेमा केही कुरा सुनिएको छ। तर त्यो अडिओ बोलेको होइन, बोलाइएको हो,' थापाले भने।
More politics
- पार्टीले आईजीपी फेर, सीडीओ फेर भनेर बिल्कुलै भन्दैन: रवि लामिछानेNepal Khabar
- मिस्रीले भेटे रविNepal Khabar
- काठमाडौंका बलर हाबी हुँदा सस्तैमा समेटियो विराटनगरNepal Khabar
- मिडियालाई अझै नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल अध्यादेश ल्याइयो: महासंघNepal Khabar
- विराटनगरमाथि काठमाडौँको सानदार जितNepal Khabar
- ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’Nepal Khabar