गाई- आस्था, संस्कार र मानव सभ्यतासँग जोडिएको मातृस्वरूप
Read the full story at Nagarik News

हिन्दू धर्म र संस्कृतिमा गाई केवल एउटा पशु होइन, आस्था, श्रद्धा, प्रकृति र मानव जीवनसँग जोडिएको विशेष प्राणीका रूपमा स्थापित छ। दूधदेखि गोबर र मूत्रसम्म मानव जीवनका विभिन्न पक्षमा उपयोगी मानिने गाईलाई हिन्दू परम्परामा ‘गौमाता’ भनेर सम्मान गरिन्छ। यही धार्मिक, सांस्कृतिक र व्यावहारिक सम्बन्धले गाई र मानवबीचको सम्बन्धलाई सदियौंदेखि अझ गहिरो बनाएको छ। हिन्दू धर्मशास्त्र र धार्मिक मान्यतामा गाईलाई पवित्र प्राणीका रूपमा वर्णन गरिएको पाइन्छ।
गाईमा विभिन्न देवीदेवताको वास रहेको धार्मिक विश्वासका कारण यसको पूजा गर्ने परम्परा विकसित भएको मानिन्छ। विशेषगरी तिहारअन्तर्गत पर्ने गाई तिहार वा लक्ष्मीपूजाका दिन गाईको विशेष पूजा गरिन्छ। गाईलाई धन, समृद्धि, शान्ति र लक्ष्मीसँग जोडेर हेर्ने धार्मिक परम्परा छ। मानव जीवनमा गाईले पुर्याउने योगदानलाई आधार बनाएर गाईलाई मातासरह सम्मान गर्ने परम्परा रहेको छ।
आमाले सन्तानलाई दूध खुवाएर हुर्काएझैं गाईले पनि मानिसलाई पौष्टिक आहारका रूपमा दूध प्रदान गर्ने भएकाले ‘गौमाता’ भन्ने अवधारणा बलियो बनेको धार्मिक तथा सांस्कृतिक व्याख्या गरिन्छ। गाईको दूधबाट दही, घिउ, मोही, पनिरलगायत विभिन्न खाद्यपदार्थ उत्पादन हुन्छन्। हिन्दू धार्मिक संस्कारमा दूध र घिउको विशेष महत्व छ। पूजा, यज्ञ, हवन तथा विभिन्न धार्मिक कर्मकाण्डमा गाईको दूध र घिउको प्रयोग हुने गर्छ।
More politics
- Three in four transport jobs in Nepal are informalKathmandu Post
- Trump says he is highly unlikely to order Iran strikes if talks progressKathmandu Post
- Can Nepal cook dal bhat on its own electricity?Kathmandu Post
- Q&A: Before we get high on the cannabis law, let’s measure the plantKathmandu Post
- कांग्रेस महामन्त्री पौडेल भन्छन्– विधिको शासन हुन्थ्यो भने प्रधानमन्त्रीका सल्लाहकार अनुसन्धानको दायरामा हुन्थेNepal Khabar
- साइबार ब्यूरोमा अजयबाबुले रोशनसँग माफी मागे, पोस्ट डिलिट गर्न सहमतNepal Khabar