भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृ’त घोषणा गरिँदै
Read the full story at Nagarik News

गत भदौ १० गतेको भोटेकोशी-त्रिशूली बाढीमा परेर बेपत्ता भएकामध्ये पहिलो चरणमा दुई हजार ४६५ जनालाई सरकारले औपचारिक रूपमा मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। दशकौंदेखिको कानुनी उल्झन चिर्दै १७१ विदेशीसहित २ हजार ४६५ जनालाई मन्त्रिपरिषद्बाटै मृत घोषित गर्न लागिएको हो। यसअघि मुलुकी देवानी संहिताअनुसार बेपत्ता व्यक्तिलाई मृत मान्न ३ देखि ५ वर्ष पर्खनुपर्ने वा अदालतमा न्यायिक प्रक्रिया धाउनुपर्ने बाध्यता थियो।
तर, गत असोज २३ मा जारी विपत्सम्बन्धी अध्यादेशमार्फत ऐन संशोधन गरिएपछि इतिहासमै पहिलोपटक सरकारले विपतमा बेपत्ता भएका नागरिकलाई सीधै मृत घोषणा गर्न लागेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो चरणमा सिफारिस भएका व्यक्ति जीवित फेला परेको भए ७ दिनभित्र दाबी पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ। तोकिएको म्यादभित्र दाबी नपरे प्राधिकरणको कार्यकारी समितिले मन्त्रिपरिषद्मा सिफारिस पठाउनेछ।
मन्त्रिपरिषद्को निर्णयपछि पीडित परिवारले स्थानीय वडा कार्यालयबाट कुनै विलम्ब शुल्क नतिरी सहजै मृत्युदर्ता प्रमाणपत्र पाउनेछन्। त्यसलगत्तै जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका परिवारलाई जनही दुई लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ। यदि मृत घोषित व्यक्ति पछि जीवितै भेटिएमा निर्णय बदर गर्न सकिने कानुनी व्यवस्थासमेत गरिएको छ।
More environment
- कोप-३१ मा जलवायु र स्वच्छ ऊर्जा लगानीबारे छलफलNepal Khabar
- EU climate chief Wopke Hoekstra warns 'expectations low' from COP31 summitThe Hindu
- A case for Nepal: suing major carbon emitters for floodsThe Hindu
- घोप्टेभीर : पहिरो छिचोलियो, ट्राफिक जाम छिचोल्न घण्टौंको सकसOnlinekhabar (Nepali)
- Activist Greta Thunberg arrives at UN climate talks in TurkeySouth China Morning Post
- वनमन्त्री चौधरी टर्किए प्रस्थानDC Nepal