सुहानाको नयाँ भिडियोमा शाहरुख खानको रमाइलो टिप्पणी
Read the full story at Onlinekhabar (Nepali)

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना यतिबेला चर्चामा छिन् । उनले आफ्नो इन्स्टाग्राममा सार्वजनिक गरेको एउटा ट्रान्जिसन भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा सुहानाले बुबा शाहरुखको आगामी फिल्म ‘किङ’ को गीतमा लिपसिङ गर्दै आफ्नो रूप परिवर्तन गरेकी छिन् । छोरीको यो शैली देखेर शाहरुखसमेत छक्क परेका छन् । उनले सुहानाको पोस्टमा रमाइलो टिप्पणी गर्दै माया व्यक्त गरेका छन् । सुहानाले आफ्नो नयाँ भिडियोमा फिल्म ‘किङ’ को गीत ‘तू मिल जाए’ प्रयोग गरेकी छिन् ।
भिडियोमा उनी सुरुवातमा सामान्य घरेलु पहिरनमा देखिन्छिन् । त्यसपछि एकैछिनमा पार्टी लुकमा प्रस्तुत हुन्छिन् । उनको पहिरनसँगै अनुहारको हाउभाउ र गीतको तालमेलले दर्शकको ध्यान खिचेको छ । विशेषगरी बेलायती गायक एड शिरनले तीव्र गतिमा गाएको अंग्रेजी र्यापलाई सुहानाले सहज रूपमा लिपसिङ गरेकी छिन् । उनको यही शैलीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले मन पराएका छन् । धेरैले उनको आकर्षक र ग्ल्यामरस रूपको प्रशंसा गरेका छन् ।
छोरीको भिडियो देखेपछि शाहरुखले पनि प्रतिक्रिया दिनबाट आफूलाई रोक्न सकेनन् । उनले सुहानाको पोस्टमा टिप्पणी गर्दै लेखेका छन्, ‘तिमी यति कठिन गीतका शब्द कसरी सजिलै याद राख्न सक्छ्यौ ? मेरो बसको कुरा थिएन । किनभने एड शिरन निकै छिटो गाउँछन् । ’ शाहरुखको यो टिप्पणीले बुबा–छोरीबीचको आत्मीय सम्बन्ध झल्काउँछ ।
More politics
- सरकारलाई ‘भुइँ टेक्न’ सुझाव दिँदै रविले भने- हामी चुनाव जितेका हौँ, कुनै ग्रहबाट खसेका होइनौँNepal Khabar
- सहिद परिवारलाई घर हस्तान्तरण गरेर मकवानपुरमा जागरण अभियानको उद्घाटनNepal Khabar
- बालेन सरकारलाई पश्चिममा शक्तिहरूले नै विघटन गर्नेछन्: बादलNepal Khabar
- बालेनलाई उच्च राजनीतिक चरित्र देखाउन रविको आग्रह, भने- हामी ठालु भयौँ, दम्भी बन्यौँNepal Khabar
- न्यायपालिकाको सुधारमा न्यायाधीशको आचरण र जवाफदेहिता निर्णायक: प्रस्तावित न्यायाधीश सारूNepal Khabar
- स्थानीय तहमा उम्मेदवार छनोटका लागि रास्वपाको सात बुँदे निर्देशनNepal Khabar