बाँदरको हैरानीले किसान अदुवा खेतीतर्फ आकर्षित
Read the full story at Ratopati

भोजपुर । भोजपुरमा बाँदरको समस्याका कारण परम्परागत खाद्यबाली खेती गर्न कठिन भएपछि किसान अदुवा खेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँदरले मकै, कोदोलगायतका बालीमा क्षति पुर्याउने समस्या बढ्दै गएपछि किसानले अदुवा खेतीलाई वैकल्पिक आयआर्जनको माध्यम बनाउन थालेका हुन् । भोजपुर नगरपालिका–६ की किसान गीता खड्काले बाँदरको समस्या बढ्दै गएपछि अदुवा खेती गर्न थालेको बताइन् । जमिनमुनि गाँना हुने भएकाले अदुवा बाँदरबाट सुरक्षित बाली रहेको उनको भनाइ छ ।
व्यावसायिक रूपमा खेती गर्नसके अदुवाबाट परम्परागत खाद्यबालीभन्दा राम्रो आम्दानी लिन सकिने उनले बताइन् । बाँदरबाट खाद्यबाली जोगाउन कठिन हुने अवस्थामा अदुवा खेती तुलनात्मक रूपमा सहज हुने भएकाले आफू यसतर्फ आकर्षित भएको खड्काको भनाइ छ । बाँदरको हैरानीका कारण खेतीपातीमा समस्या भोगिरहेका किसानका लागि अदुवा खेती विकल्प बनेको उनले बताइन् । अर्की किसान सावित्रा पोखरेलले करिब डेढ रोपनी क्षेत्रफलमा अदुवा खेती गरिरहेकी छन् । अदुवा खेतीको क्षेत्र अझ विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
बाँदरको समस्याका कारण अन्य खाद्यबाली लगाउन कठिन भएपछि अदुवा खेतीलाई प्राथमिकता दिएको पोखरेल बताउँछिन् । अदुवा खेतीबाट राम्रो आम्दानी लिन सकिने सम्भावना देखेपछि यसको उत्पादनमा लागेको उनको भनाइ छ । अदुवा स्थानीय बजारमा प्रतिकिलो रु १०० देखि रु १२० सम्ममा बिक्री हुने गरेको पोखरेलले बताइन् ।
More business
- गृहमन्त्री गुरुङले यूएईसँग राखे लगानीको प्रस्ताव, वैदेशिक व्यापारमन्त्री ‘सकारात्मक’Nepal Khabar
- Chhath festival boosts economic activitiesThe Rising Nepal
- Germany's 2027 budget: A record €561 billion and a mountain of debtDW
- Take necessary steps to control inflation, Dhinakaran tells T.N. govt.The Hindu
- Man arrested for leasing bank-seized flat and cheating lessee of ₹9 lakhThe Hindu
- १२ बजे १२ समाचार : रसुवागढी नाका तीन महिनादेखि ठप्प, एनपीएल प्लेअफ समीकरण पूराRatopati