सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालनमा कठिनाई
Read the full story at Thaha Khabar

चितवनः पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा आइतबार, सोमबार र मङ्गलबार लगातार खसेको सुक्खा पहिरो पन्छाएर मङ्गलबार दिउँसो १ः४० बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल थापाका अनुसार चाडपर्वका कारण सवारीको चापले गर्दा दुईतर्फी यातायात सञ्चालनमा ल्याउन कठिन भएको हो।
उनले भने, ‘पहिरो ठूलो हुँदा र मजदुर बिदामा जाँदा सडक दुईतर्फी रुपमा सञ्चालनमा ल्याउन कठिन भएको हो। ’ पहिरो पन्छाउने उकरणहरु तयारी अवस्थामा राखिएकाले सामान्य पहिरो खसेमा तत्काल सफा गर्ने गरी व्यवस्थापन गरिएको उनको भनाइ छ। मौसमको अनुकूलता, सवारी चाप र अन्य अवस्था हेरेर मात्र सडक दुईतर्फी सञ्चालनमा ल्याइने छ।
यस सडक हुँदै सङ्घीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने गाडी तथा यात्रुलाई विभिन्न समयमा खस्ने पहिरोले समस्या पार्ने गर्दछ। सडक एकतर्फी खुलेपनि जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।
More politics
- 10 killed as electric passenger vehicle plunges off road in MakawanpurKathmandu Post
- Former deputy prime minister Top Bahadur Rayamajhi released after sentence cutKathmandu Post
- Nvidia board meets to decide CEO Huang’s future, source saysKathmandu Post
- पोखरामा पर्यकटले पनि लगाए भाइटीकाNepal Khabar
- एनपीएलमा सर्वाधिक विकेट हरमितको नाममा, प्रतिस्पर्धामा को-को?Nepal Khabar
- अमेरिकाको आरोप : बेलायती हवाई अड्डामा आक्रमणको षड्यन्त्र गर्नेहरू इरान-समर्थितNepal Khabar