न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत
Read the full story at Onlinekhabar (Nepali)

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका नेता डा. प्रकाशशरण महतले सर्वोच्च अदालतको पुनरावलोकन प्रक्रियाबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका छन् । देउवा समूहले शनिबार आयोजना गरेको काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन समारोहमा उनले पुनरावलोकन प्रक्रियाबाट न्याय पाइने विश्वास व्यक्त गरेका हुन् ।
सर्वोच्च अदालतले यसअघिको निर्णयमा कमीकमजोरी र त्रुटि रहेको स्वीकार गरेर पुनरावलोकनका लागि अनुमति दिएकाले देउवा समूहले पार्टीको आधिकारिकता पाउने नेता महतको भनाइ थियो । ‘सर्वोच्च अदालतले पहिलाको निर्णयमा कमीकमजोरी थियो, त्रुटि थियो भनेर स्वीकार गरिसकेको अवस्थामा अवश्य पनि न्यायको विजय हुन्छ । न्यायको पक्षमा निर्णय हुन्छ भन्ने हामीलाई विश्वास छ,’ उनले भने, ‘अझै पनि यो देशमा न्याय मरेको छैन भने सर्वोच्च अदालतको रिभ्युमार्फत हामीले नै आधिकारिकता पाउँछौं । ’ नेता महतले कांग्रेसको विचार, सिद्धान्त र आदर्शलाई पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको कांग्रेसलेमात्र बोकेको जिकिर गरे ।
‘जो भएता पनि मूल कुरो के हो भने नेपाली कांग्रेसको मुल आत्मा हामीमा छ । शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसमा छ,’ उनले भने, ‘नेपाली कांग्रेसको विचार, सिद्धान्त र आदर्शलाई हामीले बोकेका छौं । विधि, प्रक्रियालाई हामीले फलो गरेका छौं । ’ ‘बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई उहाँहरूले छोडिसक्नुभयो ।
More politics
- कोप-३१ का लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री टर्की प्रस्थानNepal Khabar
- सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदनNepal Khabar
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar
- अस्ट्रेलियाका प्रधानमन्त्रीले ढाकाटोपी लगाएर सम्बोधन गरे ‘नेपाल फेस्टिभल’Nepal Khabar
- अब इतिहासको कुरा मात्र गरेर हुँदैन: प्रकाशमान सिंहNepal Khabar
- एनपीएलमा डेविड वार्नरको अर्धशतकNepal Khabar