Skip to main content
विश्वOnlinekhabar (Nepali)

डलर, युरो र पाउण्डसहित अधिकांश विदेशी मुद्राको भाउ घट्यो

Read the full story at Onlinekhabar (Nepali)

डलर, युरो र पाउण्डसहित अधिकांश विदेशी मुद्राको भाउ घट्यो

२० कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ । हिजो अमेरिकी डलर एकको खरिदर खरिदर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा थियो । आज युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ १३ पैसा छ ।

हिजो युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ८४ पैसा थियो । आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ११ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९२ पैसा छ । हिजो बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ९० पैसा र बिक्रीदर २०४ रुपैयाँ ७१ पैसा थियो । आज केही बढेको स्वीस फ्र्यांकको भाउ आज भने घटेको छ । आज स्वीस फ्र्यांक एकको खरिददर १८४ रुपैयाँ ६० पैसा र बिक्रीदर १८५ रुपैयाँ ३३ पैसा छ ।

हिजो स्विस फ्र्यांक एकको खरिददर १८५ रुपैयाँ १५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८९ पैसा छ । अष्ट्रेलियन डलरको भाउ पनि आज घटेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०६ रुपैयाँ २१ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ३ र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा थियो । हिजो केही बढेको क्यानेडियन डलरको भाउ आज भने घटेको छ ।