Skip to main content
विश्वNepal Khabar

राणाकालीन पुरातात्विक स्वरुपमा फर्किँदै विश्व निकेनत

Read the full story at Nepal Khabar

राणाकालीन पुरातात्विक स्वरुपमा फर्किँदै विश्व निकेनत

राणा प्रधानमन्त्री जुद्ध शमशेर जबराले बनाएको धर्मशालामा पठनपाठन सुरु गरेको विश्व निकेतन माध्यमिक विद्यालय फेरि पुरानै मौलिक र पुरातात्विक स्वरुपमा फर्किने भएको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माविलाई पुरानै शैलीमा फर्काउन एशियाली विकास बैंक (एडीबी)ले सहयोग गरेको छ। अहिले पुनः पुरानै शैली र पुरातात्विक स्वरुपमा फर्काउन निर्माण सुरु गरिएको छ। २००३ सालमा स्थापना भएको विद्यालय भूकम्पको चपेटामा परेको हो।

२०७२ सालको गोरखा भूकम्पले इनिहास बोकेको पुरानो भवनमा क्षति पुगेको थियो। प्रयोग गर्न नमिल्ने गरि भत्किएको थियो। त्यसपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २४ कोठे नयाँ भवन बनाएर २०७५ सालमा विद्यालयलाई हस्तान्तरण गरेको थियो। हाल विद्यालयमा 'ए' र 'बी' ब्लक गरी दुई वटा भवनबाट प्रारम्भिक बालविकास तथा शिक्षा (ईसीडी) देखि कक्षा १२ सम्मको पठनपाठन भइरहेको छ।

त्यसयता विद्यालयले आफ्नो ऐतिहासिक र पुरातात्विक पहिचान जोगाउन सरकारसँग अनुरोध गर्दै आएको थियो। सरकारले एकीकृत बागमती सभ्यता विकास कार्यक्रममार्फत एडीबीको आर्थिक सहयोगमा विद्यालयलाई पुरातात्विक शैलीमा फर्काउन थालेको हो। कस्तो बन्दै छ नयाँ संरचना? प्रधानाध्यापक हेरम्बराज कँडेलका अनुसार, पुरानै पुरातात्विक स्वरुपमा फर्काउन विद्यालयको भवन निर्माण सुरु भएको छ।