Skip to main content
राजनीतिThaha Khabar

बङ्गलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री हसिनाले ‘प्रत्यर्पण माग्नुपर्ने'

Read the full story at Thaha Khabar

बङ्गलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री हसिनाले ‘प्रत्यर्पण माग्नुपर्ने'

बङ्गलादेशले जनविद्रोहको बलमा पदच्युत भएकी पूर्व प्रधानमन्त्री घर फर्कन चाहँदा उनले भारतबाट प्रत्यर्पण माग्नुपर्ने बताइएको छ। बाङ्लादेशले सोमबार निर्वासित नेता शेख हसिनालाई चुनौती दिँदै प्रशासनले उनको पासपोर्ट नवीकरणको आवेदन समीक्षा गरिरहेको बताएको छ। पूर्व प्रधानमन्त्री हसिनाले डिसेम्बरमा बङ्गलादेश फर्किने प्रतिज्ञा गरेकी छिन्।

उहनीविरूद्ध सन् २०२४ मा प्रदर्शनकारीहरूमाथि दमन गरेको आरोपमा मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाइएको छ। गृहमन्त्री सलाउद्दिन अहमदले सोमबार पत्रकारहरूसँग भने,“बङ्गलादेशका अधिकारीहरू हसिनाको नयाँ पासपोर्टको अनुरोधलाई हेरिरहेका छन्। ” उनले भने, “उहाँ विदेशमा शरण लिएकी दोषी ठहरिएकी अपराधी हुनुहुन्छ।

आवेदनको कानुनी आधार, प्रक्रिया पूरा भएको छ कि छैन, र पासपोर्ट माग्ने अधिकार छ कि छैन। सबै विषय समीक्षा भइरहेका छन्। ”